उपत्यकाबाट ३५ मेट्रिक टन फोहर व्यवस्थापन

शनिबार, २५ कार्तिक २०७४, १४ : ५१ नागरिक

काठमाडौँ – उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३५ मेट्रिक टन फोहर व्यवस्थापन गरियो। 

वाग्मती सफाइ महाअभियानको २३५ औँ हप्तामा शनिबार पशुपतिनाथ मन्दिर अघिको वाग्मती नदी किनार र कैलाश डाँडामा सफाइ गरी आठ मेट्रिक टन फोहर व्यवस्थापन गरियो। 

सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, तिलगंगा महिला समूहलगायत संस्थाका ६०० भन्दा बढीको सहभागिता रहेको वाग्मती सफाइ महाअभियानका अभियानकर्मी एवं अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिकी सञ्चालक समिति सदस्य माला खरेलले जानकारी दिइन्। 

सफाइमा वाग्मती सफाइ सद्भावना दु्रत एवं नायिका मनिषा कोइराला, अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष नरेन्द्रराज बस्नेत, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकाललगायत ५१० भन्दा बढी अभियन्ताको सक्रियता थियो। 

गुह्येश्वरीमाथिको वाग्मती सफाइको १९५ औँ हप्तामा आज हनुमान घाट र गोठाटार पुल वरपर सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा राम्रो जोरपाटी, हाम्रो जोरपाटी र पुडासैनी मैत्री समाजलगायत संस्थाका गरी १०० जनाभन्दा बढी अभियानकर्मीको सहभागिता थियो। 

रुद्रमती सफाइको १९२ औँ हप्तामा आज रातोपुल–कालोपुल शहीदमार्ग हुँदै ज्ञानेश्वरको आनन्द भैरव मन्दिरसम्म सफाइ गरिएको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीले बताउनुभयो । सफाइबाट एक मेट्रिक टन फोहर व्यवस्थापन भयो । सफाइमा समाज, वातावरण संरक्षण अभियान र प्रसिद्धि कला समूहलगायतको संस्थागत सहभागिता थियो। 

महानगरपालिका–३० का अध्यक्ष दलबहादुर कार्कीलगायत २०० भन्दा बढी अभियानकर्मीको सफाइ अभियानमा सक्रियता थियो । रुद्रमती सफाइ अभियानले आइतबार बिहान कालोपुलको सार्वजनिक जग्गा मिचेर बनाइएका छाप्रा भत्काउने कार्यक्रम रहेको पनि उपाध्यक्ष गिरीले बताए। 

विष्णुमती सफाइको १६३ औँ हप्तामा टोखा नगरपालिका–११ महादेवटार हाइटमा सफाइ गरी चार मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा २५० जनाभन्दा बढी अभियन्ताको सहभागिता रहेको अभियानकर्मी बिजेन्द्र लामाले जानकारी दिए। 

मनोहरा नदी सफाइको ३३ औँ हप्तामा आज हनुमन्ते र मनोहरा दोभानस्थित नरेफाँट क्षेत्र वरपर सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा महानगरपालिका–३२ का अध्यक्ष नवराज पराजुलीलगायत १०० भन्दा बढी अभियानकर्मी सहभागिता थियो। 

चक्रपथ सफाइको ३१ औँ हप्तामा नयाँ बसपार्कको आकाशेपुलदेखि गोंगबु चोकसम्म सफाइ गरी १५ मेट्रिक टन फोहर व्यवस्थापन गरियो। ग्रिनहिल सिटी अस्पतालको संयोजनमा भएको सफाइमा ३०० भन्दा बढी अभियन्ताको सहभागिता थियो । सफाइमा सशस्त्र र नेपाल प्रहरी लगायत स्थानीय संस्थाको सहभागिता रहेको अभियन्ता लोकबहादुर टण्डनले जानकारी दिए। चक्रपथको ग्रीनल्याण्ड क्षेत्रमा पनि आजैदेखि सफाइ शुरु भएको छ। 

यसैगरी मीनभवन आलोकनगर सफाइको ३१ औँ हप्तामा त्यस क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी प्रमिला पौडेलले बताइन्। सफाइमा ५० भन्दा बढी महिलाको सहभागिता थियो। 

यसैगरी चक्रपथ बाफल खण्ड सफाइको १३ औँ हप्तामा कलंकी–स्युचाटारसम्म सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो। सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत स्थानीय संघ संस्थाको पनि संस्थागत सहभागिता रहेको संयोजक ताराबहादुर कुँवरले जानकारी दिए। 

विसं २०७० जेठ ५ गते शनिबारदेखि वाग्मती सफाइ महाअभियान शुरु भएपछि देशभर सफाइ गर्ने जागरण आएको छ । फलस्वरुप अहिलेसम्म ४२ स्थानमा सफाइ भइरहेको वाग्मती सफाइ महाअभियानले जनाएको छ। 





यसमा तपाईको मत

अन्य समाचार

अजोडको सभा सम्पन्न

अजोडको सभा सम्पन्न

निर्जीवन बिमा कम्पनी अजोड इन्स्योरेन्सको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र उपाय सर्भिसेजबीच व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता भएको छ । ...

एनसिसी बैंकको सहयोग

एनसिसी बैंकको सहयोग

एनसीसी बैंकले भक्तपुरस्थित सानोठिमी प्राविधिक शिक्षालयलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । ...

काठमाडौं मेरिएट होटल सञ्चालन

काठमाडौं मेरिएट होटल सञ्चालन

मेरिएट होटलको फ्ल्यागसिप ब्रान्डको डेब्युसँगै राजधानीमा ‘काठमाडौं मेरिएट होटल’ सञ्चालनमा आएको छ । ...

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

नेपालको लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस मोटरसाईकल ग्राहकहरुलाई लक्षित गरेर एक नयाँ योजना अपाचे रेस...

सिभिल बैंक लिमिटेडको शाखा बाँकेको कोहलपुरमा

सिभिल बैंक लिमिटेडको शाखा बाँकेको कोहलपुरमा

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा बाँकेको कोहलपुरमा शाखा संचालनमा ल्याएको छ। सो शाखाको उद्घाटन कोहलपुर नगरपालिकाका नगर प्रमुखु लुट...

ग्राउन्ड सेवा प्रभावकारी बनाउँदै वायुसेवा निगम

ग्राउन्ड सेवा प्रभावकारी बनाउँदै वायुसेवा निगम

नेपाल वायुसेवा निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवालाई थप स्तरीय बनाउन विभिन्न उपकरण खरिद प्रक्रिया अगाडि बढाइएको छ। ...

सिभिल बैंकलाई आइ एस ओ सर्टिफिकेट 9001:2015 प्राप्त

सिभिल बैंकलाई आइ एस ओ सर्टिफिकेट 9001:2015 प्राप्त

सिभिल बैंकको सिभिल ट्रेड सेन्टर, सुन्धारा स्थित कर्पोरेट अफिसमा आयोजित एक कार्यक्रमका बीच आइ एस ओ 9001:2015 को प्रमाणपत्र आइ...

Ncell Footer Ad