coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

बल्ल सुरु भयो मतदाता शिक्षा

शनिबारदेखि सुरु भएको मतदाता शिक्षा तालिममा सहभागी सामाजिक परिचालक र बाल विकास केन्द्रका सहजकर्ता । तस्बिर : सुमन मल्ल

मुगु – प्रदेश सभा र प्रतिनिधी सभाको निर्वाचन आउन १५ दिन मात्र बाँकी रहँदा शनिवारबाट बल्ल मतदाता शिक्षा तालिम सुरु भएको छ।

जिल्लाका चारवटै स्थानीय तहमा कार्यरत जिल्ला समन्वय समितिका सामाजिक परिचालक, बाल विकास केन्द्रका सहज कर्तालाई शनिवारबाट मतदाता शिक्षा दिन थालिएको छ । तालिममा ६० जना सहभागी छन् भने गाउँपालिका र नगरपालिकाका कार्यकारी प्रमुख समेत तालिममा सहभागी भएको जिल्ला निर्वाचन कार्यालय मुगुले जनाएको छ। 

यो पटक तीन वटा मत पेटिकामा मत खसाल्नु पर्ने, प्रतिनिधि सभा, प्रदेश सभा र समानुपातिकका लागि अलग अलग मत भएकाले मतदाता शिक्षा सहजकर्ताले विशेष ध्यान दिनुपर्ने जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद उपाध्यायले बताए। मतदाता सहजकर्ताले मतदाता शिक्षा दिन घर दैलो गर्दा निष्पक्ष भएर  सिकाउनु पर्ने उपाध्यायले बताए । 

यसो त स्थानीय तहको पुनर्संरचना पछि एउटा वडामा पाँच वटासम्म गाउँ बस्ती रहेका र भौगोलिक अवस्था एक गाउँबाट अर्को गाउँ जान एक दिनसम्म लाग्ने तथा निर्वाचनको समयावधी समेत छोटो रहेकाले सबै मतदातालाई मतदाता शिक्षा प्रदान गर्न कठिन हुन सक्ने तालिमका सहभागीले बताएका छन्। एक जना सहजकर्ताले एउटा वडामा दुई सय देखि एक हजार बढी मतदातालाई निर्वाचनका विषयमा सुसूचित बनाउनु पर्ने छ।

 

प्रकाशित: २५ कार्तिक २०७४ ०८:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App