७ वैशाख २०८१ शुक्रबार
समाज

दैलेखमा बस दुर्घटना हुँदा तीनजनाको मृत्यु

सुर्खेत – सुर्खेतबाट दैलेखतर्फ जाँदै गरेको देउती यातायात प्रालिको बा४ख ५०१० नं को गाडी शुक्रबार राति दैलेखको सियाकोटमा दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। 

दुर्घटनामा मृत्यु हुनेमा वीरेन्द्रनगर–९ का ३१ वर्षीय पारश तिवारी, दैलेख नौमूलेका ५६ वर्षीय रत्नबहादुर सिजाली र नौमूलेकै ४५ वर्षीय जिसी राना रहेका छन् । दुर्घटनामा परी १० जना घाइते भएका छन्। 

घाइतेको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल कालागाउँमा उपचार भइरहेको छ । उनीहरूको अवस्था सामान्य रहेको छ। तीव्रगतिका कारण गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक सरोज पौडेलले जानकारी दिए। 

प्रकाशित: २५ कार्तिक २०७४ ०८:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App