coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

छोरी र २ नातिनीको हत्या गर्ने पक्राउ

कार्तिक – रोल्पामा एक जनाले आफ्नी छोरी र २ नातिनिको हत्या गरेका छन् । रोल्पा नगरपालिका ७ कोर्चाबाङ उपल्लो घापाका करिब ४० वर्षीय लीलबहादुर पुन मगरले करिब २३ वर्षीया छोरी पेवाबती केसी, नातिनीहरू करिब २ वर्षीया दिया केसी र करिब ६ महिनाकी निया केसीको हत्या गरेको प्रहरीले जनाएको छ।

शुक्रबार साँझ खाना खाएर सुत्ने तयारीमा रहेको बेला बन्चरो प्रहार गरी ३ जनाको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुदर्शन पन्थीले बताए । उनका अनुसार छोरी र नातिनीको हत्या गर्ने लीलबहादुर पुन मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भाई सन्तोष पुनका अनुसार लीलबहादुरको मानसिक सन्तुलन ठिक थिएन । ‘हिजो रातभर धामी बसालियो । दिउँसो स्थानीय डाक्टरले उपचार समेत गरेका थिए । भोली उपचार गर्न दाङ लैजाने कुरो थियो तर राति सुत्ने समयमा बन्चरोले काटेर ३ जनालाई मारे ।’ सन्तोषले बताए । मृतक पेवाबतीका श्रीमान रोजगारीका शिलशिलामा विदेश छन् । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित: २५ कार्तिक २०७४ ०८:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App