प्रहरी जवानलगायत ४ जना लागू औषसहित पक्राउ

शनिबार, २५ कार्तिक २०७४, १० : २१ महेश्वर चामलिङ राई

उदयपुर – उदयपुर प्रहरीले शुक्रबार साँझ लागू औषधसहित ४ युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सशस्त्र प्रहरी बलका जवानसमेत रहेका छन् । सीमा सुरक्षा बेस क्याम सन्हैठा सिरहामा कार्यरत २९ वर्षीय सशस्त्र प्रहरी जवान सुजन धामीलगायत ४ जना जिल्लाको पश्चिमी कटारी नगरपालिका १ बेलसोतबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । धामी कटारी ५ का स्थायी बासिन्दा हुन्। 

सिराहाको मिर्चयाबाट कटारीतर्फ आउँदै सवारी चेकजाँचको क्रममा साँझ ६ः३० बजे ज २ प ९२६५ नम्बरको १५० सिसीको अनटेस्ट पल्सर मोटरसाइलमा सवार कटारी नगरपालिका ४ का २० वर्षीय ज्ञानदिप मगर, सिन्धुली दुधौली नगरपालिका ५ का २६ वर्र्षीय अर्जुन दनुवार र सोही ठाउँका २४ वर्षीय रमेश खत्री पक्राउ परेको इप्रका कटारीका डिएसपी महेन्द्र श्रेष्ठले बताए। 

उनीहरूको साथबाट डाइजोपाम २० ट्याबलेट, डेलेस डिसी ७ बोतल, स्पाग्मो प्रोसिभम ८ ट्याब्लेट बरामत गरेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । साँझ ६ः३० बजे पक्राउ परेका सशस्त्र जवान आफैँ कारोबारी हुन् या कारोबारीको समूहमा सँगै रहेका कारण पक्राउ परेको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्स प्रा. लि.ले हालै वाफ़र रोल्स अन्तर्गत चोकोफन रोल्स बजारमा ल्याएको छ। ...

साताभरीमा ३३ बिन्दुको गिरावट

साताभरीमा ३३ बिन्दुको गिरावट

पुँजीबजार विकासका लागि आवश्यक पूर्वाधारले फड्को मारे पनि बजार भने निरन्तर घट्दै गएको छ । ...

सुन्धारा क्लिनिक सञ्चालनमा

सुन्धारा क्लिनिक सञ्चालनमा

काठमाडौंको सुन्धारास्थित सुन्धारा क्लिनिक प्रालिले शनिबारदेखि औपचारिक रुपमा स्वास्थ्य उपचार सेवा सुरु गरेको छ । ...

खोकनामा नेपाल बंगलादेश बैंक

खोकनामा नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंकले ललितपुरको खोकनामा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । ...

बल्खुमा इसुजु सोरुम

बल्खुमा इसुजु सोरुम

राजधानीको बल्खुमा जापानी ब्रान्डको गाडी इसुजुको सोरुम खुलेको छ । ...

फर्नेक्स २०१९ मा घुइँचो

फर्नेक्स २०१९ मा घुइँचो

सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१९) मा अवलोकनकर्ताको भिड लागेको छ । ...

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्द एयरलाईन्सले थप एक ATR-72 जहाज भित्र्याएको छ। ...

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनी ट्रान्सफर तथा भुक्तानी सेवा प्रदायक कम्पनी मनिग्रामले २४ जनालाई पुरस्कार वितरण गरेको छ । बिहीबार राजधानीमा एक कार्यक्रम गरी...

Ncell Footer Ad