हाम्रो राष्ट्र ‘नेपाल’ कहिले र कसरी जन्म्यो !

शनिबार, २५ कार्तिक २०७४, १० : २२ डा. तारानाथ शर्मा

हरेक नेपालीलाई आफ्नो राष्ट्रको नाउँ कसरी जन्म्यो, कुन स्रोतबाट विकसित भयो र यसको व्यापकता कस्तो छ भन्ने विषयमा जान्ने ठूलो उत्सुकता हुन्छ । त्यस उत्सुकताले अनुसन्धान गरी आधुनिक पुरातŒवविद्ले अकाट्य तर्क प्रस्तुत नगरुन्जेल उपयुक्त उत्तर पाउन सक्दैन । ०३८ कात्तिक २७ गते त्रिभुवन विश्वविद्यालयको नेपाल र एसियाली विद्यापीठमा ज्ञानमणि नेपालले आफ्ना ऐतिहासिक तर्कका आधारमा पत्यारिलो र उपयुक्त प्रमाण उपस्थित नगरेसम्म सबै विद्वान् ‘ने’ नामक मुनिले पालेको हुनाले हाम्रो प्यारो मातृभूमि ‘नेपाल’ भएको हो भनी व्याख्या गरिटोपल्थे । यसरी हाम्रो राष्ट्रको नामलाई ‘ने’ र ‘पाल’मा टुक्र्याइन्थ्यो । उनीहरू धेरैको तर्क मंगोल अर्थात् विशेषगरी तिब्बती अथवा चिनियाँ भाषामा एकाक्षरी ‘ने’ स्वाभाविक हुनेतर्फ विश्वास हुन्थ्यो र त्यसैमा ‘पाल’ जोडेर ‘नेपाल’ भएको विश्वास व्यापक थियो । तर, ज्ञानमणि नेपालले आफ्ना गहन ऐतिहासिक अध्ययनबाट ०३८ कात्तिक २७ गते हाम्रो त्रिभुवन विश्वविद्यालयको नेपाल र एसियाली विद्यापीठमा ‘नेपाल’ भन्ने शब्दको स्थापना ‘निप’ भन्ने संस्कृत मूलबाट ‘आल’ फुँदासँग जोडिई ‘नेपाल’ भएको र ऋग्वेदकालदेखि नै चल्दै आएको ‘पाखा’ वा ‘भिरालो’ स्थल बुझाउने स्थान भएको हो भनी व्याख्या गर्नुभएको छ । ‘निप’ वा ‘नेप’सँग ‘आल’ जोडिएर ‘नेपाल भएको’ ज्ञानमणि नेपालको अन्वेषण अत्यन्त चित्तबुझ्दो तर्कसम्मत छ । खेतको ‘आली’को रूपमा ‘आल’ (अथवा ‘सीमा’) अझै पनि नेपाली (संस्कृतबाट विकसित)मा चलेकै छ र झन् पञ्च+आल= पाञ्चाल ‐...कालान्तरमा ‘पन्जाब’), हिम+आल= हिमाल, बंग+आल= बंगाल जस्ता छिमेकी शब्द पनि ‘आल’ भन्ने संस्कृत फँुदाका प्रमाण हुन्, जो ज्ञानमणि नेपालका विज्ञ तर्कमा पाइन्छन् ।
यसरी ‘नेपाल’ वेदकालीन पवित्र पहाडी देशका रूपमा जन्मेर हामीलाई राष्ट्रिय स्वाभिमानको सर्वोच्च आध्यात्मिक भावनाले राष्ट्रियता प्रदान हजारौँ वर्षदेखि गर्दै आएको छ । पृथ्वीनारायण शाहले हाम्रो जन्मभूमिलाई गर्वसाथ सबै जातको फूलबारी भनेर त्यसै व्याख्या गरेका होइनन् । चाहे संस्कृत मूलका ब्राह्मण, क्षत्रीय वा अरु वर्गका हुन् वा मंगोल तिब्बती वा द्रविड मूलका हुन्, सबै नेपाली सर्वोच्च सगरमाथाका प्यारा सन्तति हुन् अर्थात् ः
माता हुन् पार्वती हाम्री,
पिता हाम्रा महेश्वर,
सबै नेपाली हुन् प्यारा
दाजुभाइ बराबर !

नेपाली भाषा पाणिनिद्वारा पालित र पोषित हुनाले अति सरल छ र वैज्ञानिक पनि छ । पाणिनि आजसम्मका विश्वका सर्वोत्कृष्ट भाषा वैज्ञानिक हुन् । उनी पश्चिमी पहाडको अर्घाखाँची जिल्लाको पणेना भन्ने गाउँमा जन्मेका थिए । संस्कृत भाषाको सिद्धान्त कौमुदी उनैले रचना गरेका हुन् । वास्तवमा पाणिनिरचित संस्कृत व्याकरण अति शुद्ध र भाषा वैज्ञानिक दृष्टिकोणले अति सफल मानिन्छ । पाणिनिको संस्कृत वर्णमाला विश्वको सर्वोत्कृष्ट भाषा वैज्ञानिक ग्रन्थ हो, हाम्रो नेपालीमा पनि पाणिनिकै वर्णमालालाई संस्कृतकै परम्पराले सहायता गरेको छ । यसको उदाहरण त अनेकौँ शब्द र तिनका विकासका व्याख्या गरेर दिन सकिन्छ । तर, यहाँ मैले एउटै अंग्रेजी शब्दलाई अघि सारेको छु । त्यो शब्द हो, अड्बांगे ‘बैंक’ जुन हाम्रा छिमेकी हिन्दीभाषी बन्धुहरू गर्वसाथ प्रयोग गर्दै आएका छन् । हाम्रा अर्थविद्, शिक्षाविद् र प्रबुद्ध शिक्षा क्षेत्रका प्रणेतालाई ‘ए’ स्वरको दीर्घ रूप ‘ऐ’ हो र त्यसको शुद्ध उच्चारण पाणिनीय नियमअनुसार ‘अइ’ ‐‘अ’ पछि ‘इ’ चाँच्चाँडो उच्चारण गर्नुपर्छ) हुन्छ, जसका केही नेपाली उदाहरण हुन्– ऐन ‐अइन्), चैन ‐चइन्), मैलो ‐मइ्लो), ‐अर्थात् ‘चैनपुर’ ‐अइ्श्वर्य) ‘द्वैध’ ‐द्व्इध), इत्यादिमा अर्थात् ‘अ’ पछि ‘इ’ चाँच्चाँडो उच्चारण गर्नुपर्छ ।
यस पाणिनीय नियमको ‘बैंक’मा उल्लंघन भएको छ, उच्चारण हुन्छ– बइङ्कअ, तर प्रयोग भएको छ अंग्रेजी दबलपका लागि जसको उच्चारण हुन्छ– ब्याङ्क् । यस दुर्गतिले ‘हाम्रो नेपाल राष्ट्रब्याङ्क्लाई त थला पार्न पाएकै छ’, अरु ठाउँ पनि हाम्रो भाषिक हुर्मत लिएकै देख्ता हृदय थ¨कन्छ ।
शुद्ध उच्चारणका विषयमा आगामी लेखमा व्याख्या गरिनेछ । अहिलेलाई ‘नेपाल’को उत्पत्ति स्थापित गर्दै त्यसको विकासतर्फ नै लागौँ ।
एकाक्षरी ‘ने’ र ‘पाल’ जोडेर ‘ने भन्ने काल्पनिक व्यक्तिले पालेको भूमि भनी ‘आल’ त्यसमा जोडेर कतिपय मानिसले ‘नेपाल’ जन्मिएको काल्पनिक तर्क गर्दै आएका छन्, तर त्यसमा कुनै ऐतिहासिक प्रमाण वा भाषा वैज्ञानिक तर्क छैन । तर, हाम्रो भाषामा सर्वप्रथम ‘नेपाल’लाई ‘निप’ वा ‘नेप’ र आल दुई फुँदामा विभाजित गरेर विद्वान् ज्ञानमणि नेपालले हामीलाई अत्यन्त महŒवपूर्ण योगदान दिएका छन् । ‘नेप’को पुख्र्याैली संस्कृत व्याकरणका आधारमा हुन सक्छ । निषेध जनाउन अघिल्तिर लाग्ने ‘नि’ फुर्कालाई पानी जनाउने ‘आप’ शब्दसित जोड्दा ‘निप’ हुने र ‘निप’ भन्नाले मध्यदेश वा पाखा प्रदेश वा त्यतातिर बस्ने गोठालाका लागि प्रयोग हुने कुराका सन्दर्भमा उनी ऋग्वेदसम्म प्रमाण भेट्न पुगेका छन् । यसरी हाम्रो राष्ट्र वा जातिको नाउँको जरो ऋग्वेदसम्म पुगेको देखाइदिएकाले तथा यसको पुख्र्यौली राम्ररी खुट्टयाइदिएकाले ज्ञानमणि नेपाल हाम्रो श्रद्धाका पात्र भएका छन् । आजसम्मका ‘नेपाल’ शब्दका विश्लेषणमा इतिहासका गम्भीर अध्येता नेपालकै व्याख्या श्रेष्ठ देखिन्छ, यसभन्दा श्रेष्ठतर र बढी वैज्ञानिक प्रमाण अरु कसैले प्रस्तुत नगरुन्जेल यसैलाई हामीले मान्नु उचित छ ।
चाहे द्रविड भाषाबाट जन्मेको होस् वा चाहे संस्कृतबाट, चाहे नेवारी भाषाबाट उम्रेको होस् वा चाहे राई भाषाबाट, हाम्रो मुलुकका जनताका जिब्रामा नाच्न थालेपछि कुनै पनि शब्द हाम्रा लागि त्यति नै प्यारो हुन्छ, जति हामीलाई हाम्रो राष्ट्र प्यारो छ । इतिहास खोतल्दै जाँदा हाम्रा पुरुष वर्गको औपचारिक राष्ट्रि«य पोसाकभित्र पर्ने टोपी, दौरा, सुरुवाल इरान र अफगानिस्तान हुँदै अरब र तु¨कस्तान पुग्लान् अथवा हाम्रा कोट र जुत्तामोजा भू–मध्यसागर नाघ्दै युरोप कुल्चन पुग्लान्, तर तिनका पुख्र्यौली जता पुगे पनि ती आज हाम्रा हृदयमै टाँसिएका छन् । मेरो भाषा विशुद्ध छ र अरुका शब्द र वाक्यविन्यासको यसमा कुनै प्रभाव परेको छैन अथवा मेरो जाति अति पवित्र र यसमा अरु कुनै जाति वा वर्गको रगत मिसिएको छैन भन्नुजस्तो ठूलो मुख्र्याइँ वा अवैज्ञानिकता संसारमा अरु केही छैन ।








यसमा तपाईको मत

अन्य समाचार

नेपाल फाईभ पी प्रदर्शनि हुदैं

नेपाल फाईभ पी प्रदर्शनि हुदैं

नेपाल फाईभ पी नेपाल अधिराज्यभर रहेका प्लास्टिक, पेपर, प्रिन्टिङ्, प्याकेजिङ्ग र प्रोसेसिङ् संग सरोकार राख्ने व्यापार व्यवसायहरुलाई एकै ठाँउ ल्याएर...

प्राईम कमर्सियल बैंक र सेलपेबीच सहकार्य

प्राईम कमर्सियल बैंक र सेलपेबीच सहकार्य

प्राईम कमर्सियल बैंक लिमिटेडले आफ्ना सबै ग्राहकहरुमा नेपालमा डिजिटल भुक्तानी सेवा प्रवर्धन गर्नका लागि नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी...

एनएमबी बैंक नेपालमा भिसाको विशेष मुख्य सदस्य बैंकहरूको समूहमा

एनएमबी बैंक नेपालमा भिसाको विशेष मुख्य सदस्य बैंकहरूको समूहमा

एनएमबी बैंकले भिसा वल्र्डवाइड प्रा.लि.सँग सम्झौता पत्रमा हस्ताक्षर गरी नेपालका सीमित बैंकहरूमध्ये भिसाको एक मुख्य सदस्य बैंक बन्न पुगेको छ।

सानिमा बैंकमा रक्तदान

सानिमा बैंकमा रक्तदान

सानिमा बैंकले १५औं वार्षिकोत्सवको अवसरमा सामुदायिक सेवा केन्द्रसँगको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । ...

एन्ड्रिजको चौथौ सेवाग्राही दिवस सम्पन्न

एन्ड्रिजको चौथौ सेवाग्राही दिवस सम्पन्न

अन्तर्राष्ट्रिय प्रविधि समूह एन्ड्रिजले चौथौ सेवाग्राही दिवस सम्पन्न गरेको छ । ...

नेपाल टेलिकम पोखरा लिगको सह–प्रायोजक

नेपाल टेलिकम पोखरा लिगको सह–प्रायोजक

नेपाल टेलिकमले पोखरा प्रिमियर लिग (पिपिएल) को सह–प्रायोजक गरेको छ । ...

प्रभु बैंक र जावलाखेल युवा क्लब विच सम्झौता

प्रभु बैंक र जावलाखेल युवा क्लब विच सम्झौता

प्रभु बैंक लि. र ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं १३, जावलाखेलस्थित जावलाखेल युवा क्लब विच प्रभु बैंक लि. जावलाखेल...

महिन्द्राको शोरुम रौतहटको चन्द्रनिगाहपुरमा

महिन्द्राको शोरुम रौतहटको चन्द्रनिगाहपुरमा

अग्नि ग्रुपले हालै नेपालको दक्षिणी भूभागस्थित प्रदेश नं २ को रौतटहको चन्द्रनिगाहपुरमा महिन्द्राका ट्रयाक्टरसहितका सवारी साधनहरूको नयाँ ‘थ्रीएस सेटअप’ सहितको...

Ncell Footer Ad