coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

ब्युटिफुल अन्नपूर्ण

पोखराबाट अन्नपूर्ण आधार शिविरका लागि दुई मार्ग अपनाउन सकिन्छ । घान्द्रुक भएर जाँदा जम्माजम्मी ६ दिनमै यात्रा पूरा हुन्छ । त्यस्तै, उल्लेरी वनठाँटी भएर पोखरा फर्कंदा आठ–नौ दिन लाग्छ । घोडेपानी, पुनहिल, देउराली, टाडापानी, छोमरोङ, सिनवा, व्याम्वो, दोभान, हिमाल, देउराली, माछापुच्छे« बेसक्याम्प पार गर्दै अन्नपूर्ण हिमालको फेदीमा पुगिन्छ ।  

पदयात्रा गरुन्जेल ‘म हिँड्न आएको हो, मैले हिँड्नुपर्छ’ भन्ने सोच राख्नुपर्छ । हामी खोला र झरनाको कलकल आवाज सुन्दै, न्यानो घाममा रमाउँदै गुराँसे जंगलको बाटो छिचोलेर छैटौँ दिन माछापुच्छे« बेस क्याम्प पुग्यौँ ।

चाँदीझैँ टलक्क टल्केका हिमाल हेर्दै यात्रा गर्न पाउँदा तन र मन दुवै रमाउँछन् । अन्नपूर्ण बेस क्याम्प (४,१३० मिटर)मा पुग्दा यति आनन्द महसुस भयो कि शब्दमा वर्णन गर्नै सक्दिनँ । अन्नपूर्ण फेदीका चारवटै गेस्ट–हाउस वरपर हिउँ थियो, कुनै एनिमेटेड फिल्मको दृश्यजस्तो । सायद स्वर्ग पनि त्यति सुन्दर नहोला, जति अन्नपूर्ण देखियो ।  
अन्नपूर्ण तिमी साँच्चिकै ब्युटिफुल !     

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App