coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

वाम गठबन्धनविरुद्ध एक्लै भिड्दै कांग्रेस

दार्चुला- प्रतिनिधिसभाका लागि एउटा मात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा नेपाली  कांग्रेस र वाम गठबन्धनका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । एमाले–माओवादी केन्द्रको वामपन्थी गठबन्धनका साझा उम्मेदवारसँग कांग्रेस एक्लै चुनावी मैदानमा रहे पनि तीव्र प्रतिस्पर्धा हुने आकलन गरिएको छ । कांग्रेसका विक्रमसिंह धामी र वाम गठबन्धनबाट एमालेका गणेशसिंह ठगुन्ना प्रतिनिधिसभा सदस्यको चुनावी प्रतिस्पर्धामा छन् । नेकपा एमाले केन्द्रीय सदस्यसमेत रहेका ठगुन्ना २०७० को  संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ निर्वाचित भएका थिए ।  

एमाले–माओवादी केन्द्रको वामपन्थी गठबन्धनका साझा उम्मेदवारसँग कांग्रेस एक्लै चुनावी मैदानमा रहे पनि तीव्र प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।

दुवै उम्मेदवारले आआपूmले जित्ने दाबीसमेत गरेका छन् । ‘लोकतन्त्रको रक्षा र समग्र दार्चुलाको विकासका लागि नेपाली कांग्रेस एक्लै चुनावी मैदानमा उत्रेको हो, लोकतन्त्र चाहने जनताले हामीलाई  भोट दिन्छन्,’ कांग्रेस उम्मेदवार धामीले भने, ‘लोकतान्त्रिक संविधान निर्माण गरेका छौं ।’ लोकतन्त्रको रक्षा र  दार्चुलाको विकासका लागि आपूm जनताको माझ आएको उनले बताए ।
    वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका ठगुन्नाले आफूले  नै चुनाव जित्ने दाबी गरेका छन् । ‘वाम गठबन्धन कसैप्रति लक्षित छैन, यो देशको आवश्यकता हो, वाम गठबन्धनबाट हामी चुनाव जित्छौं,’ उनले भने, ‘संविधान निर्माणको जिम्मा दिएका दार्चुलाका जनताले    संविधान कार्यान्वयनको भूमिकामा पनि साथ दिनेछन् ।’  दार्चुलाको विकास र जनताको समस्या समाधानका लागि आफूले थालनी गरेका कामको निरन्तरताका लागि उम्मेदवारी दिएको उनले बताए ।
प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा १५ जना उम्मेदवार चुनावी मैदानमा छन् ।  तीनवटै सिटमा समान ५ जनाका दरले  उम्मेदवार चुनावी मैदानमा छन् ।
जिल्लास्तरमा चुनावी रणनीति बनाएर उम्मेदवार गाउँगाउँमा चुनावी प्रचारमा रहेका छन् । दुई  नगरपालिका र ७ गाउँपालिका रहेको जिल्लामा ६१  वडा छन् ।
कांग्रेसको तर्फबाट प्रदेशसभामा क्षेत्र नम्बर १ (क) मदन गिरी  र वाम गठबन्धनबाट एमादेका गेल्बु सिंह बोहरा उम्मेदवार छन् भने क्षेत्र नम्बर २ (ख) बाट कांग्रेसका जगदीशबहादुर पाल र माओवादीका मानबहादुर धामी (सन्तोष) चुनावी मैदानमा छन् ।
जिल्लामा वाम गठबन्धन र कांग्रेस दुवैले विकास निर्माणलाई मुख्य चुनावी मुद्दा बनाइरहेका छन् । जिल्लाका उत्तरी तीन गाउँपालिकामा सडक पुगेको छैन । दुवै पार्टीका उम्मेदवारले ती गाउँपालिकामा सडक पु¥याउने र अन्यत्रका सडकको स्तरोन्नति गर्ने आश्वासन जनतामा बाँडिरहेका छन । जिल्लामा खानेपानी, शिक्षा, स्वास्थ्य र दूरसञ्चारको पहुँच बढाउने तथा गुणस्तर सुधार गर्ने मुद्दासमेत प्रमुख चुनावी अजेन्डा बनिरहेका छन् । जिल्ला अत्यन्त पिछडिएको र जनता गरिब भएका कारण विकास निर्माणका साथै रोजगारीसमेत चुनावी अजेन्डा बनिरहेको छ ।
कांग्रेसले जिल्लामा सडक, खानेपानी, बिजुली, शिक्षा र स्वास्थ्यमा जति विकास भएको छ, त्यसमा कांग्रेस र  नेता दिलेन्द्रप्रसाद बडूको भूमिका नेतृत्वदायी रहेकाले जनताले आफ्नो पार्टीलाई विश्वास गर्ने दाबी गरेको छ । ‘जनतामा कांग्रेसले नै बढी विकास गर्छ भन्ने विश्वास  रहेको नेपाली कांग्रेस दार्चुलाका सचिव गोवद्र्धन कोलीले बताए ।  ‘जिल्लाको विकासमा अपी नाम्पा संरक्षण क्षेत्र स्थापना र महाकालीको कटान रोक्न कांग्रेसले नै साढे तीन अर्ब रुपैयाँ बजेट पारेर तटबन्ध निर्माण गरेकै कारण यहाँ कांग्रेस पहिलो रोजाइमा पर्छ’, उनले भने । २०६४ मा माओवादी र २०७० मा एमालेले संविधानसभा चुनाव जिते पनि यहाँ कांग्रेसकै पहलमा विकास भएकाले जनमत वाम गठबन्धनको विपक्षमा रहेको सचिव कोलीको भनाइ छ । पार्टीको जिल्ला स्तरमा घोषणापत्र निर्माण भइरहेको कांग्रेसले जनाएको छ ।
उता वाम गठबन्धनले मुलुकमा सबभन्दा बढी सत्तामा बसेको कांग्रेसले जिल्लामा खासै विकास निर्माणको काम गर्न नसकेकाले जनता आफ्नो पक्षमा उभिने दाबी गरेको छ । स्थानीय तह चुनावमा जिल्लामा  वाम गठबन्धन करिब ८ हजार मतले अगाडि छ । दार्चुलामा वाम गठबन्धनले संयुक्त घोषणापत्र र साझा प्रतिबद्धता जनतामाझ  प्रस्तुत गरी समग्र जिल्लामा पर्यटन पूर्वाधार विकासमा जोड दिएको छ । वाम गठबन्धनले शैल्यशिखर मालिकार्जुन गुरुयोजनाअनुसार विश्व सम्पदा सूचीमा सूचीकृत गराउन पहल गरिने जनाएको छ । यस्तै शेरा जौलजीवी खलंगा व्यास लिपुलेक मार्गलाई मानसरोवर पर्यटकीय मार्गको रुपमा विकास गरिने उल्लेख छ । अपी हिमाल पर्यटकीय मार्गको गोकुलेश्वर, बिटुले पारिबगर, मकरीगाड क्षत्ति क्षेत्रको गोकुलेश्वर, लटिनाथ, गुल्जर, घुसा र खण्डेश्वरीमा व्यवस्थित पर्यटकीय आवास गृह निर्माण गरिने तथा होमेस्टे विकास गरिने वाम गठबन्धनको अजेन्डा छ ।

प्रकाशित: २५ कार्तिक २०७४ ०४:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App