coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

नारायणगढ मुग्लिन सडक आज दिनभर बन्द हुने

चितवन- निर्माणाधिन नारायणगढ मुग्लिन सडक आज बिहान १० बजेदेखि साँझ पाँच बजेसम्म बन्द हुने भएको छ । सडकमा खस्ने खतरा रहेको चट्टानको टुक्रा झार्नका लागि दिनभर सडक बन्द गर्नु परेको नारायणगढ मुग्लिन सडक आयोजनाले जानकारी दिएको छ । यो सडक राजधानी काठमाडौं र पर्यटकीय सहर पोखरालाई पुर्व र पश्चिम नेपालसँग जोड्ने मुख्य मार्ग हो । यो मार्ग हुँदै दिनहुँ १० हजार गाडी ओहर दोहर गर्छन् ।
‘सेती दोभान नजिक चट्टानको ठुलो ढिस्को सडकमा खस्ने खतरा रहेका कारण त्यसलाई झार्न आज सडक लगभग दिनभर बन्द हुने छ’ आयोजनाका इन्जिनियर तथा सुचना अधिकारी शिव खनालले भने । त्यस्तै भोलि आइतबारबाट सो सडक बिहान सात बजेदेखि दिउँसो चार बजेसम्म कम्तिमा एकदेखि डेढ घण्टासम्म पटक पटक बन्द हुने छ ।
‘पहाड काट्ने काम पनि बाँकी नै छ । चुनाबका कारण मतदाता आउने जाने भएका कारण दिनभर सडक बन्द गर्न पनि सकिदैन । त्यसैले एक डेढ घण्टासम्म गाडी राक्दै काम पनि गर्ने तयारी छ’ सुचना अधिकारी खनालले भने । सो सडकलाई दुई लेनको बनाउने काम भइ रहेको छ । सम्झौता अनुसार गत बैशाखमै काम सकिनु पर्ने हो । तर अहिलेसम्म ६० प्रतिशतभन्दा पनि कम काम भएको छ ।

प्रकाशित: २५ कार्तिक २०७४ ०३:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App