८ वैशाख २०८१ शनिबार
समाज

गाँजा कारोबारी पक्राउ

बारा-  लागू औषध गाँजालाई भारत पुर्‍याउन लाग्दा पक्राउ परेका दुई जनालाई बारा प्रहरीले शुक्रवार सार्वजनिक गरेको छ।

बारा प्रहरीले सिम्रौनगढ नगरपालिका वार्ड नं. २ बस्ने सरोज प्रसाद यादव र ३ बस्ने रामबालक यादवलाई गाँजा ओसार पसार अभियोगमा जमुनी खोला नजिकबाट पक्राउ गरेको थियो।

बिहीबार सशस्त्र प्रहरीको सुरक्षा वेश क्याम्प तेलकुवा र नेपाल प्रहरीको संयुक्त टोलीले भारत लग्दै गरेको अवस्थामा मोटरसाइकलमा लोड गरिएको २३ किलो गाँजा सहित दुई जनालाई नियन्त्रण गर्न सफल भएको पत्रकार सम्मेलनमा बाराका प्रहरी उपरीक्षक राजकुमार वैदवारले बताए।

उनले बाराको नाका हुँदै देशको विभिन्न भागमा उत्पादन भएको गाँजालाई भारत पुर्‍याउने ठूलो समूह सक्रिय रहेको अनुसन्धानबाट फेला परेको पत्रकार सम्मेलनमा बताए।

प्रकाशित: २४ कार्तिक २०७४ १४:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App