६ वैशाख २०८१ बिहीबार
समाज

क्यानडा पठाइदिन्छु भनेर ठगी गर्ने कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौं— क्यानडा पठाइदिन्छु भनी ठगी गर्ने काठमाडौं महानगरपालिका–७ मित्रपार्कस्थित एक्स वाई इन्टरनेशनल कन्सल्टेन्सीका संचालक पक्राउ परेका छन्। काठमाडौं महाराजगंज बस्ने सप्तरीको विष्णुपुर गाउँपालिका–१ ठेगाना बताउने ३० वर्षीय अशोककुमार यादव र काठमाडौं चावहिल बस्ने रौतहटको बिजयापुर नगरपालिका–५ घर बताउने ३८ वर्षीय इश्वरी शिवभक्ति यादवलाई महानगरीय अपराध महाशाखाको प्रहरीले कात्तिक २२ गते पक्राउ गरेको हो।

उनीहरुले रुपन्देहीको निलोत्तमा नगरपालिका–८ घर भएका विवेक भुषालसहित ४ जनालाई क्यानडा, टर्की, मकाउ लगायतका देशमा राम्रो रोजगारीको प्रलोभन देखाई प्रतिव्यक्ति ३ देखि ४ लाख रुपैयाँ लिएका थिए। पैसा लिएको लामो समयसम्म विदेश पठाउनेतर्फ कुनै चासो नदेखाएको, शिक्षा मन्त्रालयबाट लिनुपर्ने स्वीकृती समेत नलिएको, शैक्षिक परामर्शको लागि खोलिएको संस्थाबाट वैदेशिक रोजगारको लागि बिदेश पठाउँछु भनि रकम ठगी गरेको भनि उजुरी परेपछि काठमाडौं महानगरपालिका–३ महाराजगंजबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका दुवैलाई कानुनी कारवाहीका लागि महानगरीय प्रहरी परिसर पठाइएको छ। उनीहरुले अन्य व्यक्तिहरुलाई समेत ठगेको शंकामा प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रकाशित: २४ कार्तिक २०७४ ११:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App