coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

छ लाख घुससहित कार्यालय प्रमुख पक्राउ

भीमदत्तनगर - अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रदेश नं ७ को सम्पर्क कार्यालय भीमदत्तनगरले आज जिल्ला प्राविधिक कार्यालयका प्रमुख (डिई) केदार शर्मालाई रु छ लाख घुसको रकमसहित पक्राउ गरेको छ । 
प्रमुख शर्माको निवासबाट उनीसहित प्राविधिक कार्यालयका सवइन्जिनियर डण्डीराज पाण्डेयलाई समेत नियन्त्रणमा लिएको छ । उनीहरुको साथबाट नगद रु छ लाखसहित रु १४ लाखको चेकसमेत नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रदेश नं ७ को सम्पर्क कार्यालय भीमदत्तनगरले जनाएको छ । 
उक्त चेक नेपाल बंगलादेश बैंकको नाममा रहेको बुझिएको छ । घुसको रकमसहित कर्मचारी नियन्त्रणमा लिएको छ, अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रदेश नं ७ को सम्पर्क कार्यालय भीमदत्तनगर कञ्चनपुरका निमित्त प्रमुख विष्णुसिंह विष्टले भने “अहिले घटनास्थलमा मुचुल्का हुँदैछ ।” 
“घटनाको विस्तृत विवरण केही समयपछि सार्वजनिक हुन्छ,” विष्टले भने "शर्मा र पाण्डेयले निर्माण व्यवसायीबाट उक्त घुस लिइएको प्रारम्भिक जानकारी आएको छ ।" रासस

प्रकाशित: २४ कार्तिक २०७४ १०:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App