८ वैशाख २०८१ शनिबार
अर्थ

‘विश्व बजारमा नेपालीको सफलता हेर्ने धोको छ’

काठमाडौं– आउँदो नोभेम्बर ३० तारिखसम्मका लागि खुला गरिएको सगुनको शेयर लगानीमा निकै आकर्षण बढेको छ। तीन साता मात्रै समय बाँकी रहँदा शेयर लगानी गर्ने र चासो राख्नेहरुको बाढी नै आएको सगुनका सहसंस्थापक कविन्द्र सिटौला बताउँछन्।

नेपाल, अमेरिका, बेलायत, भारतलगायतका देशहरुमा रहेका सगुन कार्यालय र सगुन सञ्जालमा सम्बद्ध सदस्यहरुलाई यतिबेला शेयर सदस्य थप्न र आएका जिज्ञासा र चासो सम्बोधन गर्न भ्याइनभ्याइ छ।

सगुनको सोँच, विस्तारित सेवा र आउँदै गरेका उत्पादनले सूचनाप्रविधिको विश्व बजारलाई प्रभावित पार्ने लगानीकर्ताहरुको विश्वास छ। सगुनमा लगानी गरिसकेका शेयरधनीहरु पछिल्लो समय सगुनले पाएको विश्वव्यापी चर्चा, यसको विस्तार र निकट भविष्यमै आउँदै गरेका सगुनका उत्पादनबाट निकै प्रभावित र आशावादी छन्।

के भन्छन् सगुनका लगानीकर्ता?

लगानीकर्ता मध्येकी एक बन्दना कोइरालालाई विश्वभर फैलिँदै गरेको नेपाली सोँचलाई टेवा दिने मौका पाएकोमा खुसी लागेको छ। ‘सगुनमा मेरो पनि लगानी छ, यो मौका पाएकोमा मलाई गौरव लाग्यो,’ एनआरएनए बोर्ड डाइरेक्टर समेत रहेकी कोइरालाको भनाइ छ– ‘सूचना प्रविधिको दुनियाँमा विश्व बजारमा नेपाली उत्पादनले उपस्थिति जनाउनु देशकै गौरव हो। नेपाली उत्पादन सगुनले फेसबुक, गुगल जस्तै विश्व बजार तताउने मेरो विश्वास छ।’

अमेरिकाको इन्डियानामा वरिष्ठ सफ्टवेयर इन्जिनियरमा कार्यरत गोपेन्द्र भट्टराई नेपाली कम्पनीले अमेरिकामा मिनि आइपिओको स्वीकृति लिएर विश्वभरका नेपालीहरुलाई सहजै एक ठाउँमा लगानी गर्न सक्ने वातावरण बनाउनु नै ठूलो सफलता भएको बताउँछन्। ‘हामीले सगुनमा लगानी गर्यौं र यसलाई अगाडि बढायौं भने हाम्रो आफ्नो पनलाई अगाडि बढाएको महसुस हुन्छ।’ उनी थप्छन् ‘म आग्रह गर्न चाहन्छु यो महान अभियानमा सहभागी बनौं, नेपाली कम्पनीलाई प्रोत्साहन दिउँ।’

अर्का लगानीकर्ता हेमराज काफ्लेलाई लाग्यो– ‘नेपालीहरुको अभियानलाई नेपाल र नेपालीले सघाउनु कर्तव्य हो। अष्ट्रेलियामै सगुनबारे थाहा पाएँ र मैले यो अभियानमा हिस्सा लिन शेयर सदस्य बनें।’ काफ्ले सिड्नीमा व्यवसाय र नेपाली संस्थामा आबद्ध छन्।

एनआरएनए केन्याकी महिला संयोजक तारा ढकाल सगुनमा लगानी गरेर निकै उत्साहित छिन्। सगुनले विश्वव्यापी प्रभाव विस्तार गर्ने विश्वासले आफू लगानी गर्न आकर्षित भएको ढकालको प्रतिकृया छ।

गोविन्द शाहीलाई अन्तर्राष्ट्रिय मञ्चमा नेपाली उत्पादनले स्थान लिदैछ भन्ने सुन्दा नै खुसी लाग्यो। ‘सगुनबारे जति जानकारी पाएँ, त्यसपछि मलाई लाग्यो मैले पनि यो नेपाली अभियानमा किन लगानी नगर्ने? गर्नैपर्छ भनेर शेयरमा लगानी गरेँ।’ शाही अमेरिकामा व्यवसायसँगै सामाजिक अभियानमा संलग्न छन्।

बेलायत बस्ने रुद्र श्रेष्ठ सगुनमा लगानी गर्नेमध्येका सुरुवाती सदस्य हुन्। उनी भन्छन् ‘मेरो एउटै सपना हो सगुन फेसबुक भन्दा फरक, सफल रचनात्मक बनोस्।’ श्रेष्ठ गोर्खा बियर युकेका अध्यक्ष हुन्।

अमेरिकामा वरिष्ठ सफ्टवेयर अटोमेसन इन्जिनियर रहेका बाबुराम पोखरेललाई सगुनको सोँचले निकै प्रभावित पार्यो। नेपालीहरुका लागि सगुन एउटा राम्रो अवसर ठानेर लगानी गरेको उनी सुनाउँछन्। १५ बर्षदेखि अमेरिका बस्दै आएका पोखरेल विश्वस्त छन्– ‘लगानी खेर जाँदैन, सगुनमा लगानी गर्न मैले अरुलाई पनि प्रोत्साहन गरिरहेछु।’

सूर्य लम्साल नेपालमा लगानी भित्र्याउन र नेपाली उत्पादनलाई बढावा दिन सधै आफू उत्प्रेरित हुने गरेको बताउँछन्। पेसाले सिनियर इन्जिनियर रहेका न्युयोर्क बस्ने लम्साल भन्छन्– ‘फेसबुक वा अन्य सोसल साइटमा समय मात्र लगानी हुन्छ आम्दानी हुँदैन, तर सगुनले समयको खपतको मूल्य आफ्ना प्रयोगकर्तालाई दिने नयाँ प्रयोग भित्र्याउँदैछ, त्यो अतुलनीय छ।’

बेलायत बस्ने सक्रिय संचारकर्मी एभरेष्ट गौतम महत्वकांक्षी योजना र विश्वासकै बलमा कुनै पनि व्यक्ति वा कम्पनी सफलतातर्फ अगाडि बढ्ने बताउँछन्। उनले अमेरिकाको कानुन र मापदण्डहरु पूरा गरेर विश्व बजारमा आएको कम्पनी भएकोले विश्वास रहेको बताए।

राजेन्द्र श्रेष्ठ नेपालीको अभियानमा आफूले इटा थप्न पाएकोमा खुसी छन्। सगुनलाई विश्वभरका नेपालीहरुले अपनत्व देखाएर अगाडि बढाउन सके त्यसको प्रतिफल राम्रो आउने उनले विश्वास व्यक्त गरे। श्रेष्ठ न्यूयोर्कका नेपाली व्यवसायी हुन्।

सगुनमा लगानी गरेकामध्ये केही प्रतिनिधि आवाज यस्तो छ–(भिडियो)

विदेशमा बस्ने नेपालीका लागि शेयर

विदेशमा रहेका नेपालीहरुले सगुनको शेयरमा लगानी गर्न सक्छन्। नेपालबाट विदेशमा लगानी लैजान नपाइने प्रावधानका कारण देश भित्रबाट नेपाली यो अभियानमा सहभागी हुन सक्ने छैनन्। सगुनको एक शेयर किन्न २३ डलर लाग्छ। शेयर किन्न चाहनेका लागि अधिकतम सीमा नतोकिएकोले चाहेजति शेयर खरिद गर्न सकिने सगुन डटकममा उल्लेख छ।

विदेशमा बसेका र त्यहाँको स्थानीय बैंकमा खाता रहेका नेपालीले सहजै शेयरमा लगानी गर्न सक्नेछन्। डब्लुडब्लुडब्लु डट सगुनडट कम/इन्भेष्ट मार्फत् शेयरका लागि आवेदन भर्न सकिनेछ। सगुनको वेवसाइटमा परामर्श लिन र अनलाईन आवेदन भर्नका लागि चौविसै घण्टा ग्राहक हेल्पलाईन सुचारु रहेको सगुनको नेपालस्थित कार्यालयका प्रतिनिधि दिपेन्द्र चौधरीले बताए।

प्रकाशित: २४ कार्तिक २०७४ ०६:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App