८ वैशाख २०८१ शनिबार
राजनीति

संसदीय सुनुवाइ समितिको पहिलो बैठकले गर्‍यो दुई महत्वपूर्ण निर्णय

संसदीय सुनुवाई समितिको पहिलो बैठकमा सहभागी सदस्यहरु। तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौं- संसदीय सुनुवाइ समितिको पहिलो बैठकले दुई महत्वपूर्ण निर्णय गरेको छ। सोमबार बिहान सिंहदरवारमा बसेको बैठकले ब्यस्थापिका संसद नियमावली २०७३ को नियम १८० को प्रावधानअनुसार संसदीय सुनुवाई विशेष समितिको सभापतिको निर्वाचन मिति तोक्न सभामुखलाई आग्रह गरिने निर्णय गरेको छ। त्यस्तै समितिको कार्यविधि निर्माण गर्न तीन सदस्यीय कार्यदल गठन गरेको छ।

कार्यदलमा अनिताकुमारी परियार, गणेशमाण गुरुङ र बालकृष्ण खाँड छन्।

दललहरुबीच सहमति नहुँदा लामो समयदेखि रोकिएको व्यवस्थापिका संसद कार्यसञ्चालन नियमावली आइतबार पारित भएको थियो। योसँगै संसदीय सुनुवाई समितिमा सहमति जुटेको थियो। 

प्रकाशित: ६ असार २०७३ ०४:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App