coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

गणेशमान सिंहको १०२औं जन्मजयन्ती मनाइँदै

काठमाडौं—विसं २०४६ को जनआन्दोलनका कमाण्डर गणेशमान सिंहको शालिकमा माल्यार्पण गरिएको छ। स्व गणेशमान सिंहको १०२औँ जन्मजयन्तीका अवसरमा आज गणेशमान सिंह फाउण्डेशनले शोभाभगवतीमा आयोजना गरेको कार्यक्रममा स्व सिंहको शालिकमा माल्यार्पण गरिएको हो।

कार्यक्रममा नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा स्व सिंहको महत्वपूर्ण भूमिका रहेको बताए। 'स्व सिंह संघर्षशील, त्यागी, लौहपुरुष, प्रजातान्त्रिक आन्दोलनलाई सहज ढंगले नेतृत्व गर्ने नेता हुनुहुन्थ्यो', उनले भने।

पूर्वउपप्रधानमन्त्री सिंहले मुलुकमा विवादित भएका कम्युनिस्टलाई एक ठाउँमा ल्याउन गणेशमान सिंहले महत्वपूर्ण भूमिका खेलेको बताउँदै 'एकदलीय शासन व्यवस्थामा विश्वास गर्ने कम्युनिस्टलाई बहुदलीय प्रजातन्त्रमा ल्याउन स्व सिंहको महत्वपूर्ण योगदान रहेको छ।'

उनले बहुदलीय संसदीय व्यवस्था मानेर आएका कम्युनिस्टहरु फेरि एकदलीय कम्युनिस्ट शासन व्यवस्था कायम गर्छु भन्नु गलत कुरा भएको भन्दै विश्वमा समाप्त भएको कम्युनिस्ट व्यवस्था नेपालमा लागू हुन नसक्ने स्पष्ट पारे। रासस

प्रकाशित: २४ कार्तिक २०७४ ०६:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App