७ वैशाख २०८१ शुक्रबार
खेल

माथिल्लो क्रिकेट मैदान तयार

काठमाडौं- वर्षअघिदेखि निर्माण सुरु गरिएको माथिल्लो मूलपानी क्रिकेट मैदान खेल्नका लागि तयार भएको छ । विनयराज पाण्डे नेपाल क्रिकेट संघ (क्यान) अध्यक्ष भएको बेला मूलपानीमा क्रिकेट मैदानको निमार्ण कार्य सुरु गरिएको थियो । तर विविध कारणले मैदानमा निर्माणमा ढिलाइ हँुदै आएको थियो ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले क्यानलाई निलम्बन गरेपछि पछिल्लो दुई वर्षदेखि निर्माणमा थप समस्या देखिएको थियो । तर नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले १६ लाख बजेट छुट्याएपछि मैदानको बाँकी काम सुरु भएको थियो । क्यान कर्मचारी, खेलाडी र अफिसियलसहितको टोलीले मैदानको निमार्ण कार्यको जिम्मा लिएको थियो ।
शनिबार राष्ट्रिय पुरुष क्रिकेट टोली र पूर्वखेलाडी सम्मिलित टिमले ट्वान्टी–२० मैत्रीपूर्ण खेल खेल्दै मैदानको उद्घाटन गर्ने योजना रहेको क्रिकेट मैदान निर्माण टोलीका छुमी लामाले बताए ।  
मूलपानी क्रिकेट मैदान निर्माणपश्चात् नेपाली क्रिकेट गतिविधि बढ्ने लामाले बताए । उनले भने, ‘प्रतियोगितादेखि लिएर अभ्यास खेलका लागि त्रिवि मैदानमा अहिलेसम्म हामीलाई केन्द्रित हुनुपर्ने बाध्यता थियो । अब त्रिवि मैदानलाई भार कम पर्नेछ । अब उमेरसमूह, अन्य प्रतियोगिता र अभ्यासका लागि मूलपानी मैदानले सहयोग गर्नेछ ।’
शनिबार मैदानको उद्घाटन भए पनि रंगशालाका अन्य काम गर्न बाँकी छ । ती काम अब क्रमशः मैदान सञ्चालनमा आएपछि गर्न सकिने लामाले बताए ।

प्रकाशित: २४ कार्तिक २०७४ ०३:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App