७ वैशाख २०८१ शुक्रबार
समाज

भारतबाट ज्यादती भएको अन्तर्राष्ट्रिय अधिकारकर्मीको ठहर

नेपालगन्ज- भारतीय पक्षले निर्माण गरेको लक्ष्मणपुर बाँध, कलकलवा तटबन्ध र सीमा सडकले पु¥याएको क्षतिको अन्र्तराष्ट्रिय अधिकारकर्मीले अनुगमन गरेका छन् । खाद्य अधिकारका क्षेत्रमा वकालत गर्दै आएको फियान इन्टरनेशनलको उच्च निकायले बाँकेमा आएर हालै अनुगमन गरेको हो । अनुगमन पश्चात् टोलीले भारतीय पक्षबाट नेपाली नागरिकमाथि ठूलो ज्यादती र अन्याय भएको निस्कर्ष निकालेको छ ।
 राप्ती नदीलगायत विभिन्न खोलानालाको प्राकृतिक निकास थुनिने गरी भारतीय पक्षले निर्माण गरेको संरचनाका कारण हरेक वर्ष बाँकेका दर्जनौं गाउँ डुबानमा पर्दै आएका छन् । बाढीका कारण हजारौं हेक्टर खेतीयोग्य मरुभूमिमा परिणत भएको छ, भने हजारौं परिवार विस्थापित हुन पुगेका छन् ।
  भारतले निर्माण गरेका संरचना तथा बाढीग्रस्त क्षेत्रको अनुगमन गरेर नेपालगन्ज फर्किएका अन्र्तराष्ट्रिय अधिकारकर्मीले बिहीबार पत्रकारसँग कुराकानी गर्दै भारतीय बाँधकै कारण नेपाली नागरिकको खेतीयोग्य जमिन मरुभुमिमा परिणत भएको र उनीहरु खाद्य अधिकारबाट बञ्चित भएको बताए । फियान इन्टरनेशनल जर्मनीका एसिया क्षेत्र संयोजक सविने पाविष्टले भारतले अन्र्तराष्ट्रिय नियम विपरित नेपाली भू–भाग डुब्नेगरी संरचना बनाएर अन्याय गरेको बताइन् । दुई देशको सीमा क्षेत्रमा करिब आठ किलोमिटरसम्म कुनै पनि संरचना गराउन नपाइने र बनाउनु परेमा दुवै देशको सहमति हुनुपर्नेमा भारतले जबरजस्ती संरचना बनाएर डुबाउने गरेको कुरा पीडितको आवाज सुनिएको उनले औल्याइन् । जबसम्म नेपालका राजनीतिक दलको मुद्दा बन्दैन, तबसम्म यो समस्या समाधान नहुने उनको भनाइ छ । भारतीय बाँध, तटबन्ध र सीमा सडकले निम्त्याएको समस्या विस्तारै अन्तर्राष्ट्रिय मुद्दा बन्ने अधिकारकर्मी पाविष्टले दाबी गरिन् ।
 पाकिस्तानका खाद्य अधिकारकर्मी सवानाले भारतीय पक्षबाट नेपाली जनतामाथी ठुलो अन्याय भएको आपूmले देखेको आंैल्याइन् । ‘भारतले जबरजस्ती संरचना बनाएर नेपाली जनतामाथि ठूलो अन्याय गरेको रहेछ, पीडितहरू खाद्य अधिकारबाट बञ्चित हुन पुगेका छन्,’ उनले भनिन् । श्रीलंकाका अधिकारकर्मी विश्व लिंगमले भारतले सिमा क्षेत्रमा संरचना बनाएर नेपालीमाथि अन्याय गरेको बताए । ‘नेपाल जस्तै भारतीय पक्षले पाकिस्तान र श्रीलंकामासमेत सीमाक्षेत्रमा नियम विपरीत संरचना बनाएको उनको भनाइ छ । नेपाल र भारतको सीमास्थित दसगजा क्षेत्रको अवस्था देख्दा आफु आश्चर्यमा परेको बताए । ‘नेपाल र भारतबीचको सीमाक्षेत्र देख्दा अचम्म लाग्यो,’ उनले भने ‘सीमासँगै जोडिएर घर बनेका रहेछन्, दसगजाबाटै आवत–जावत गरिँदो रहेछ ।’
 फियान नेपालका महासचिव सत्य तोयनाले संविधानले खाद्य अधिकारलाई मौलिक हककारूपमा सुनिश्चित गरे पनि अझै पनि नेपाली नागरिकका सामु खाद्य समस्या निम्तिने गरेको बताए । विशेषगरी भारतीय पक्षले सिमा क्षेत्रमा नियम विपरित बनाएका संरचना तथा राष्ट्रिय निकुञ्जका कारण नेपाली नागरिकहरू खाद्य अधिकारबाट वञ्चित हुनु परेको उनले प्रष्ट्याए ।

प्रकाशित: २४ कार्तिक २०७४ ०२:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App