coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सशस्त्रको किर्ते प्रकरण छानविन गर्न अनुसन्धान समिति

काठमाडौं- सशस्त्र प्रहरीको ठेक्कामा भएको किर्ते काण्डको अनुसन्धान गर्न अतिरिक्त प्रहरी महानिरीक्षकको अध्यक्षतामा छानबिन समिति गठन भएको छ। सशस्त्र प्रहरी प्रवक्ता एआईजी शैलेन्द्र खनालले एआईजी प्रेमकुमार शाहीको नेतृत्वमा किर्ते प्रकरणको अनुसन्धानका लागि सोमबार समिति गठन गरिएको हो। उनका अनुसार समितिले एकसाता भित्र प्रतिवेदन सशस्त्र महानिरीक्षकको सचिवालयमा पेश गर्नेछ।

 ‘घटनाका बिषयमा अनुसन्धानका लागि समिति गठन भएको छ, समितिले दिएका सम्पूर्ण अधिकार प्रयोगगर्दै एकसातामा प्रतिवेदन बुझाउने छ। सशस्त्र प्रहरी बल नेतृत्वले नेपाल गुणस्तर तथा नापतौल विभागको पत्र किर्ते गरेर ठेकेदारले उपलब्ध गराएको कपडाको गुणस्तर मापदण्ड आफूखुसी बढाएको भेटिएर कानुनत फौजदारी अभियोग गरेको प्रमाण सहित  नागरिक दैनिकले साउन १४ को अंकमा सशस्त्रले गर्यो किर्ते शिर्षकमा समाचार प्रकाशित गरेको थियो।

सशस्त्रले माग गरेको ४३ हजार मिटर सुती कपडामध्ये ठेकेदारले उपलब्ध गराएको २७ हजार ९६ मिटर कमसल गुणस्तरको कपडाको भुक्तानी दिन विभागको पत्र किर्ते गरेको पाइएको थियो।

विभागको पत्र संख्या १३११ र चलानी नम्बर २७२८ को पत्रमा कपडाको गुणस्तर सशस्त्रले मागेको भन्दा ६० अंक कम रहे पनि प्रशासन महाशाखा र महानिरीक्षकको सचिवालयका अधिकारीको मिलेमतोमा गुणस्तर बढाएर ठेकेदार नारायणदास श्रीनिवासलाई भुक्तानी दिएको थियो।

विभागले कपडाको वेफ्ट डायमिटर २९९ रहेको पत्र सशस्त्रको प्रशासन महाशाखामा पठाएको भए पनि प्रशासन विभाग र महानिरीक्षकको सचिवालयले वेफ्ट डायमिटर ३६० बनाएको र्कीते पत्रका आधारमा ७२ लाख २६ हजार १ सय २० रुपैयाँ भुक्तानी दिएका हुन्।

विभागले उपलब्ध गराएको नतिजा पत्रको हुबहु र्कीते नतिजामा सबै एकसमान रहे पनि कपडाको गुणस्तरको अंक मात्र बढाइएको छ। सशस्त्रले पोसाकका लागि आवश्यक सुती कपडा २०७२ चैतमा माग गरेबमोजिम वेफ्ट डायमिटर ३६० भन्दा तीन अंक कम वा तीन अंक बढी सम्मलाई मान्यता दिने र खरिद गर्ने आधार तय गरेको थियो।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले एकै चलानी नम्बरका दुई पत्र विभागबाट बन्नै नसक्ने दाबी गर्दै विभागले नियमअनुसार पत्र सिलबन्दी गरेर सशस्त्रमा पठाएको बताउदै आएका छन । सशस्त्रले भने आफुहरुले विभागकै पत्र प्राप्त गरेको तर त्यसमा गुणस्तर दुरुस्त रहेको दाबीगर्दै आएको छ।

यो पनि पढ्नुस्:

 

 

 

प्रकाशित: १८ श्रावण २०७३ १३:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App