coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रमुख दलको प्राथमिकतामा परेन विज्ञान प्रविधि

काठमाडौं- विज्ञान प्रविधिको विकास प्रमुख दलका चुनावी घोषणापत्रको प्राथमिकतामै परेको छैन । मुलुकको विकासको खाकासहित ठूला र महŒवकांक्षी योजना सार्वजनिक गरेका प्रमुख दलले घोषणापत्रमा विज्ञान प्रविधिको विकासलाई उपेक्षा गरेका हुन् ।
प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको घोषणापत्रमा विज्ञानप्रविधिको विकासका बारेमा कुनै चर्चा नै छैन । सूचना प्रविधिको विकासका बारेमा छुट्टै शिर्षक बनाएर उल्लेख गरिए पनि विज्ञान प्रविधि भने छुटइएको छ ।
कांग्रेसले सूचना प्रविधिमा भने डिजिटल नेपालको अवधारणालाई मूर्तरुप दिने, बृहत् विद्युतीय सुशासन (ई–गभर्नेन्स) अन्तर्गत अत्याधुनिक सूचना तथा सञ्चार प्रविधिको व्यापक एवं रणनीतिक उपयोग गर्दै सार्वजनिक सेवा प्रवाहमा समावेशी पँहुच सुनिश्चित गर्ने उल्लेख छ ।
सूचना तथा सञ्चार प्रविधिमा आधारित विशेष कार्ययोजना लागू गर्ने, ब्रोडब्याण्डको पहुँच र प्रयोगलाई ब्यापक बनाउन ब्रोडब्याण्ड पूर्वाधारको विकास र विस्तार गर्ने, नेपाललाई अन्तर्राष्ट्रिय सूचना सञ्जालमा जोड्ने, ब्रोडब्याण्ड एप्लिकेसन र कन्टेन्टका निर्माण गर्ने गरी निजी सार्वजनिक साझेदारीमा जोड दिने लगायतका विषयलाई कांग्रेसले समेटेको छ ।
त्यस्तै वाम गठवन्धनको संयुक्त घोषणापत्रमा पनि विज्ञान प्रविधि उपेक्षित भएको छ । घोषणापत्रमा विज्ञान प्रविधिको विकासका बारेमा छुट्टै चर्चा गरिएको छैन । संयुक्त घोषणा पत्रमा सांस्कृतिक रूपान्तरण, सामाजिक सद्भाव र राष्ट्रिय एकता अन्तर्गत विज्ञान, प्रविधि र अन्वेषणमा कुल ग्राह्स्थ उत्पादनको न्यूनतम १ प्रतिशत लगानी गरिनेछ उल्लेख छ ।
वाम गठबन्धनको संयुक्त घोषणा पत्रमा सूचना प्रविधिलाई आमनागरिकको पहुँचमा पु¥याउने,  सबै विद्यालय, प्रशासनिक भवन, सभाभवन, स्वास्थ्य चौकी, हुलाक कार्यालय र सेवा केन्द्रमा निःशुल्क इन्टरनेट सुविधा उपलब्ध गराउने उल्लेख छ । त्यस्तै आगामी पाँच वर्षमा देशभरिका महत्वपूर्ण सार्वजनिक स्थलहरूमा वाइफाई सेवा निःशुल्क गराउने तथा सबै स्थानीय तहका केन्द्र र तराई–मधेस तथा पहाडी जिल्लाका स्थानीय तहको वडा केन्द्रसम्म दुई वर्षभित्र ब्रोडब्यान्ड इन्टरनेट सुविधा पु¥याउने लगायतका विषय पनि उल्लेख गरिएको छ ।

प्रकाशित: २४ कार्तिक २०७४ ०२:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App