७ वैशाख २०८१ शुक्रबार
समाज

त्रिपुरेश्वरको पेट्रोल पम्पमा आगलागी, एकको मृत्यु (फोटो फिचर)

त्रिपुरेश्वर पेट्रोल पम्पभित्र लागेको अागो। तस्विरः दिनेश गोले

काठमाडौं—  काठमाडौंको त्रिपुरेश्वरस्थित पेट्रोल पम्पभित्र रहेको वर्कसपमा भएकाे आगलागीका एक जना घाइतेको मृत्यु भएको छ। बिहीबार साझ भएको सो आगलागीमा परी सख्त घाइते दुइ जनाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

बारा कलैया-३ का २० वर्षिय मुलायम मियाको मृत्यु भएको छ भने सोही ठाउँ निवासी २५ वर्षिय मुश्लिम मिया र १२ वर्षिय अदिदा अन्सारी सख्त घाइते भएका कालिमाटी प्रहरी वृत्तका ड्युटी अफिसरअसइ धनबहादुर तामाङले जानकारी दिए ।

दशरथ रंगशाला पश्चिमपट्टिको पेट्रोल पम्पभित्रको सटरमा अागाली भएको हो। असई तामाङकाअनुसार के भएर अागलागी सुरु भएको भन्ने प्रहरीले अनुसन्धान गरिरहेको छ।

आगलागीबाट जयन्ती पेट्रोल पम्पको स्टोरसमेत क्षति भएको छ । समयमै आगलागी नियन्त्रणमा आएका कारण ठूलो क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ । आगलागीमा परी मृत्यु भएकाको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको महानगरीय प्रहरी वृत्त कालीमाटीका प्रहरी नायब उपरीक्षक प्रदीप क्षेत्रीले जानकारी दिए ।

 सबै तस्विरः दिनेश गोले

त्रिपुरेश्वर पेट्रोल पम्पभित्र लागेको अागो। तस्विरः दिनेश गोले
त्रिपुरेश्वर पेट्रोल पम्पभित्र लागेको अागो। तस्विरः दिनेश गोले
त्रिपुरेश्वर पेट्रोल पम्पभित्र लागेको अागो। तस्विरः दिनेश गोले
त्रिपुरेश्वर पेट्रोल पम्पभित्र लागेको अागो। तस्विरः दिनेश गोले
त्रिपुरेश्वर पेट्रोल पम्पभित्र लागेको अागो। तस्विरः दिनेश गोले
त्रिपुरेश्वर पेट्रोल पम्पभित्र लागेको अागो। तस्विरः दिनेश गोले
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App