coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

राष्ट्रपतिलाई अध्यादेश रोक्ने अधिकार संविधानको कुन धाराले दियो? : प्रधानमन्त्री

प्रधानमन्त्री देउवा

काठमाडौं—प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिलाई अध्यादेश रोक्ने अधिकार नभएको बताएका छन्। मेडिकल शिक्षाको बेथित अन्त्यका लागि संघर्षरत डा.गोविन्द केसी र उनको प्रतिनिधिमण्डलसँग छलफल गर्दै उनले यस्तो बताएका हुन्।

देउवाले राष्ट्रपतिलाई अध्यादेश रोक्ने कुनै संवैधानिक अधिकार नभएको भन्दै आफूले त्यस विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग फेरि कुरा गर्ने बताए। 'मैले दुई दिन अगाडि राष्ट्रपतिसँग कुरा गरेको थिएँ। फेरि पनि कुरा गर्छु। अध्यादेश रोक्न उहाँलाई संविधानको कुन धाराले अधिकार दिएको हो म सोध्छु', प्रधानमन्त्रीको भनाइ उदृत गर्दै डा.केसी प्रतिनिधिमण्डलका सदस्य अधिवक्ता ओम अर्यालले नागरिकन्युजसँग भने।

'मैले दुई दिन अगाडि राष्ट्रपतिसँग कुरा गरेको थिएँ। फेरि पनि कुरा गर्छु। अध्यादेश रोक्न उहाँलाई संविधानको कुन धाराले अधिकार दिएको हो म सोध्छु', प्रधानमन्त्रीको भनाइ उदृत गर्दै डा.केसी प्रतिनिधिमण्डलका सदस्य अधिवक्ता ओम अर्यालले नागरिकन्युजसँग भने।

चिकित्सा शिक्षा विधेयक पारित गर्न माओवादी र एमालेले अवरोध गरेपछि देउवा सरकारले अध्यादेशको प्रक्रिया अघि बढाएको थियो। सरकारले अध्यादेश जारीका लागि राष्ट्रपति समक्ष पठाए पनि राष्ट्रपति विद्यादेवी भण्डारीले त्यसलाई प्रमाणीकरण नगरी अटेर गरिरहेकी छिन्।

केही दिन डा.गोविन्द केसीले अध्यादेश प्रमाणिकरण लगायतका विषयमा माग राखेर अनसनका लागि ७ दिने अल्टिमेटम दिएका थिए। त्यस लगत्तै प्रधानमन्त्री देउवाले आज उनी र उनका सहयोगीलाई छलफलका लागि बोलाएका हुन्।

छलफलका क्रममा प्रधानमन्त्रीले त्रिविले खोसेको आइओएमको अधिकार फिर्ता गर्न र त्रिविको तर्फबाट छुट्टै भ्याकेट दर्ता गर्न पनि निर्देशन दिने बचन दिएका थिए। प्रधानमन्त्री त्रिविको कुलपति हुन्।

शिक्षामन्त्री बर्खास्त गर्ने चेतावनी

प्रधानमन्त्री शेरबहादुर देउवाले डा.गोविन्द केसी फेरि अनसन बस्नुपर्ने अवस्था आए शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई पदमुक्त गर्ने चेतावनी दिएका छन्। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा डा.केसी नेतृत्वको प्रतिनिधिमण्डलसँग भेटघाट गर्दै उनले टेलिफोनमार्फत शिक्षामन्त्रीलाई त्यस्तो चेतावनी दिएका हुन्।

'कि काठमाडौं नेशनल मेडिकल कलेजससम्बन्धी मेडिकल काउन्सिललाई पठाएको पत्र फिर्ता गर्नुहोस्। फेरि डा.केसी अनसन बसे म तपाइँलाई बर्खास्त गर्नेर्छु', डा.केसीको प्रतिनिधिमण्डका एक सदस्य डा.अभिषेकराज सिंहले प्रधानमन्त्रीको भनाइ उदृत गर्दै नागरिकन्युजसँग भने।

प्रकाशित: २३ कार्तिक २०७४ १३:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App