८ वैशाख २०८१ शनिबार
राजनीति

देउवालाई बिरासत जोगाउन चुनौती

डडेल्धुरा - प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एकमात्र निर्वाचन क्षेत्र रहेको डडेल्धुरावाट २०४८ सालदेखि निरन्तर चुनाव जितेर सिंहदरवार प्रवेश गर्दै आएका छन् । यहि क्षेत्रवाट चुनाव जितेर उनी गृहमन्त्री हुदै चार पटक प्रधानमन्त्री समेत भइसकेका छन् ।

बाम गठबन्धन बनेका वेला अगामी मंसिर २१ गते हुने निर्वाचनमा प्रधानमन्त्री देउवाले डडेल्धुरामा आफ्नो बिरासत बचाउन सक्लान? अहिले सबैतिर चर्चा, परिचर्चा, अड्कल र चासो चुलिएको छ । देउवाका प्रतिस्पर्धी बाम गठबन्धनवाट उनका चिरपरिचित प्रतिद्वन्द्वी माओवादीका युवा नेता खगराज भट्ट छन्। माओवादी एक्लै लड्दा पनि कडा टक्कर दिएका भट्ट एमाले र माओवादीको बामगठबन्धनका साझा उम्मेदवार रहेकाले अहिले रोचक प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।

माओवादी शान्तीप्रक्रियामा आएसँगै २०६४ सालमा माओवादीका युवा नेता खगराज भट्ट प्रतिस्पर्धामा आएपछि देउवाले चुनावमा प्रतिस्पर्धाको महसुस मात्र गरेनन् , ढुक्क हुने अवस्था नभएपछि डडेल्धुरासँगै देउवाले कंचनपुर निर्वाचन क्षेत्र ४ वाट पनि उम्मेदवारी दिए ।

२०४८, २०५१ र २०५६ सालको निर्वाचनसम्ममा डडेल्धुरामा टक्कर दिने प्रतिस्पर्धी नहुदाँ देउवालाई सहज थियो । उनी चुनाव जित्नेमा ढुक्क हुने अवस्था हुने गर्थ्यो । माओवादी शान्तीप्रक्रियामा आएसँगै २०६४ सालमा माओवादीका युवा नेता खगराज भट्ट प्रतिस्पर्धामा आएपछि देउवाले चुनावमा प्रतिस्पर्धाको महसुस मात्र गरेनन् , ढुक्क हुने अवस्था नभएपछि डडेल्धुरासँगै देउवाले कंचनपुर निर्वाचन क्षेत्र ४ वाट पनि उम्मेदवारी दिए । बिगतका ३ निर्वाचनमा ठुलो मतान्तरले बिजय हासिल गर्ने देउवा २०६४ सालमा झिनो मत अन्तर (१३ सय ६८ मत) ले भट्ट सँग चुनाव जिते । देउवाले २० हजार ५ सय २९ मत प्राप्त गर्दा भट्टले १९ हजार १ सय ६१ मत पाएका थिए । नेकपा एमालेका उमेदवार बिक्रमबहादुर शाहीले ७ हजार ९ सय ४२ मत पाएका थिए । २०७० सालको संविधान शभा निर्वाचनमा देउवा डडेल्धुरासँगै कैलाली क्षेत्र नम्बर ६ वाट पनि चुनाव लडे । दोश्रो संविधान शभाको निर्वाचनमा एमालेले पाएको मत स्थिर जस्तै देखिएपनि माओवादीका भट्टको मत घट्यो र काग्रेसका देउवाको मत बढ्यो । २०७० सालको संविधानसभाको निर्वाचनमा  देउवाले २३ हजार ९ सय २० मत प्राप्त गरे । भट्टले १२ हजार ४ सय ९३ मत पाएका थिए । यस्तै नेकपा एमालेका डा. ताराप्रसाद जोशीले ७ हजार १ सय ९० मत पाए ।

गत स्थानीय तहको निर्वाचनमा ७ वटा स्थानीय तह रहेको डडेल्धुरामा ४ तहमा कांग्रेस, २ मा एमाले र १ तहमा माओवादी केन्द्र विजयी भएको छ । स्थानिय तहमा लोकतान्त्रिक भन्दा बामगठबन्धनको ८ हजार ६ सय ५ मत बढी छ । डडेल्धुरामा नेपाली कांग्रेसका प्रमुख तथा अध्यक्षहरुले जम्मा १९ हजार पाँच २३ मत ल्याएका छन् । नेकपा एमालेका प्रमुख तथा अध्यक्षहरुले १६ हजार ९ सय १५ मत पाउँदा माओवादी केन्द्रका प्रमुख तथा अध्यक्षले १० हजार ९ सय ४५ मत ल्याएका छन् । राप्रपाले २ सय ६८ मत मात्र प्राप्त गरेको छ ।

५२ वडा रहेको डडेल्धुरामा एमालेले १९ वडामा जित दर्ता गएको छ, भने कांग्रेस १७ वडामा खुम्चिएको छ । बाँकी १६ वडाहरुमा माओवादी केन्द्र विजयी भएको  छ । गत स्थानीय तहको निर्वाचन यता डडेल्धुरामा करिव ६ हजार नयाँ मतदाता थपिएका छन । यी नयाँ मतदाताले दिने मतले नतिजामा असर पार्ने देखिन्छ ।

प्रधानमन्त्री देउवाको प्रभाव, व्यक्तित्व र उनले डडेल्धुरामा गरेको विकासका काम देउवाका चुनाव जित्ने आधार भएको काग्रेस समर्थक बताउछन् भने मतदाताको सोच बदलिएको , बामपन्थी गठबन्धन लगायतका कारण भट्ट जित्ने उनका समर्थक बताउछन । २०४८ साल देखि लगातार ५ पटक निर्वाचन जितेका देउवालाई बाम गठबन्धनका उम्मेदवार भट्ट सँग कडा टक्कर हुने बिश्लेषण गरिएको छ ।

 नेपाली काग्रेस डडेल्धृुराका सभापती कर्णबहादुर मल्ल प्रधानमन्त्री देउवा नेपाली काग्रेसको सभापती तथा लोकतान्त्रिक मोर्चाका कमाण्डर हुन् , जिल्लामा बिजुली, सडक, खानेपानी, पुल, शिक्षा, स्वास्थ्य, रोजगारी लगायतमा उनले गरेका विकास जितका आधार भएको बताउछन । ‘जित्ने कुरामा त कुनै द्विविधा छैन’ मल्लले भने,‘कति मतान्तरले जित हुने भन्ने मात्र सवाल हो ।’ डडेल्धुरामा ५ पटक जितेर एक पटक गृह मन्त्री र ४ पटक प्रधानमन्त्री भएर उनले जिल्लाको विकासका धेरै योगदान पुगाएको र पार्टी पनि एक ढिक्का रहेकोे उनको भनाई छ । जिल्लामा बिभिन्न ग्रामिण क्षेत्र जोड्ने कच्ची सडक पिच गर्ने, नदीमा तठबन्द, धार्मिक पर्यटन, गरिवी र वेरोजगारी अन्त्य लगायतका काग्रेस तथा देउवाका ऐजेण्डा रहेको उनले बताए ।

यसैगरी बाम गठबन्धका उम्मेदवार खगराज भट्टले जनताको परिवर्तनको चाहना, बामगठबन्धको स्थानीय तहको निर्वाचनमा ८ हजार भन्दा बढी मत, काग्रेस भित्रको ठुलो बिभाजन जित्ने प्रमुख आधार भएको बताएका छन् । ‘केन्द्र र प्रदेशमा बामपंन्थीको सरकार बन्ने कुरा छर्लङ भएकाले प्रधानमन्त्री भएर केही गर्न नसकेका देउवाले सासंद मात्र भएर के गर्लान भनेर जनताले बुझेका छन’ उनले भने, ‘देउवाले २८ बर्षमा नगरेका विकासका कामे ५ बर्षमा गर्छ भनेर जनताले मलाई पत्याएका छन ।’ लोकतान्त्रिक राजनीतिक दलभित्र हुनेखानेले मात्र राजनीति गर्न सक्ने बिकृतीको अन्त्य, जनताको जीवनस्तर राजनीतिसँग जोडेर विकास गर्ने, जनता र राष्ट्रको भविश्य उज्वल हुने गरि योजना लागु गर्ने, जिल्लाका प्रचुर संभावनालाई उजागर गरेर स्मृद्ध डडेल्धुरा बनाउन प्याकेजमा कार्यक्रम गर्ने ऐजेण्डा रहेको उनको भनाई छ ।

को हुन खगराज भट्ट ?

खगराज भट्ट शुरुमा नेपाली का‌ंग्रेसका सदस्य थिए । २०४७ सालमा देउवा सहभागी अजयमेरुको एक कार्यक्रममा भट्टले मन्तव्य पनि दिएका थिए । खगराज भट्टका दाजु जयराज भट्टको प्रभावले उनी २०४७ मै माओवादीमा प्रवेश गरेका हुन । २०५२ सालमा पहिलो पटक शेरबहादुर देउवा प्रधानमन्त्री भएका वेला क्रान्तीकारी डडेल्धुराका अध्यक्ष रहेका भट्ट पक्राउ परेका थिए । उनी सुदुरपश्चिममा माओवादीवाट पक्राउ पर्ने पहिलो बन्दी हुन । २०५२ फागुन ४२ गते पक्राउ परेर उनी ९ महिना जेल जिवन बिताएका थिए । संगोजले देउवा प्रधानमन्त्री भएकै वेला २०५९ जेठ २३ गते उनलाई माओवादीमा लाग्न प्रेरित गर्ने उनका दाजु जयराज भट्ट बझाङमा मारिए । यिनै भट्ट अहिले देउवाको विरासत तोड्न चुनावी मैदानमा छन । ४१ बर्षिय खगराज प्रदेश नम्बर ७ मा माओवादी केन्द्रमा लेखराज पछिको दोश्रो वरियतामा रहेका नेता हुन ।

डडेल्धुरामा बामगठबन्धनवाट प्रदेश ख मा एमालेका जिल्ला अध्यक्ष डा तारा जोशी र नेपाली काग्रेसका सभापती कर्णमल्ल चुनावी मैदानमा छन् भने प्रदेश क मा बामगठबन्धनवाट एमाले डडेल्धुराका पुर्व अध्यक्ष पठान सिंह वोहरा र नेपाली काग्रेस डडेल्धुराका पुर्व सभापती रघुवर भट्ट छन् ।

 

प्रकाशित: २३ कार्तिक २०७४ १०:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App