काठमाडौँ, कात्तिक २३ – नेकपा (एमाले) र नेपाल प्रजा परिषद पार्टीबीच एकीकरण भएको छ । बिहीबार राजधानीमा आयोजित कार्यक्रममा एमाले र परिषदबीच पार्टी एकीकरण गरिएको एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।
एमालेका अध्यक्ष ओली र प्रजा परिषद्का कार्यवाहक अध्यक्ष गोविन्दप्रसाद दुलालले दुई बुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दै पार्टी एकीकरण भएको घोषणा गरेका थिए । सहीदको सपना पूरा गर्न र राष्ट्रियताको संरक्षण गरी लोकतन्त्रलाई बलियो बनाउन, स्वतन्त्रता र स्वाभिमानको अनुभूति गराई राष्ट्रको विकास गर्नका लागि दुई पार्टीबीच एकीकरण गरिएको सहमतिपत्रमा उल्लेख गरिएको छ ।
कार्यक्रममा अध्यक्ष ओलीले विकास र समृद्धिका लागि एमालेबाहेक अरु कुनै पार्टी नभएको दाबी गरे । 'एमालेसँग मुलुक समृद्ध बनाउने योजना र संकल्प रहेकाले आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका बहुमतसहित विजयी गराउन आग्रह गर्दछु,'उनले भने । कार्यक्रममा परिषद्का कार्यवाहक अध्यक्ष दुलालले एमालेले राष्ट्रप्रति देखाएको अडानका कारण आफूहरु समाहित भएको बताए।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले हाल मुलुकको औद्योगिक सम्बन्ध सहज अवस्थामा रहेको र श्रम विवादको संख्यामा कमी भइरहेको...
नेपाल टेलिकमले ग्राहकको रुचिलाई ध्यानमा राखी भ्वाइस तथा डाटा सेवा सस्तो मूल्यमा उपहारस्वरुप प्रदान गर्न सकिने सुविधा ल्याएको छ ।
माछापुच्छ्रे बैंकले जारी गरेको ३० लाख थान ऋणपत्र नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ । ...
ग्रान्डी सोसियल फाउन्डेसनको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...
इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले मिसकल बैंकिङ सेवा प्रदान गर्ने भएको छ । ...
सन् १९६८, ४ डिसेम्बर, थाई एयरवेजले नेपालको लागि पहिलो उडान सुरु गरेको दिन हो र यो नै पहिलो जेट एयरलाइन...
यसमा तपाईको मत