८ वैशाख २०८१ शनिबार
फोटो फिचर

सेनाको हेलिकोप्टरबाट निर्वाचन सामग्री ढुवानी (फाेटाे फिचर)

तस्बिर : दमन रार्इ/केदार मगर

काठमाडौ -  आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा आवश्यक पर्ने निर्वाचन सामग्री हेलिकोप्टरमार्फत हिमाली र दुर्गम पहाडी जिल्लाहरुमा ढुवानी गरिएको छ । मतपत्र, मतपेटिका, मतदाता शिक्षा सामग्री, स्टामप्याड, मसी, छेकबारलगायत आवश्यक सामग्री नेपाली सेनाको हेलिकोप्टरमार्फत ढुवानी गरिएको हो ।

खोटाङ, डोल्पा लगायतका जिल्लामा विहिवार निर्वाचन सामग्री पुर्याइएको छ । एक लाख २५ हजार १८३ मतदाता रहेको खोटाङमा निर्वाचन सामग्री ल्याइएसँगै निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी दिनेश खत्रीले जानकारी दिए । राससले जनाए अनुसार डोल्पामा पुर्याइएका निर्वाचन सामग्री सुर्खेतबाट लगिएको हो । 

तस्बिर : दमन रार्इ/केदार मगर
तस्बिर : दमन रार्इ/केदार मगर
तस्बिर : दमन रार्इ/केदार मगर
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App