८ वैशाख २०८१ शनिबार
समाज

सामूहिक बलात्कारका आरोपीहरु फरार

वीरगन्ज कातिक २३ – नवनिर्वाचित वडा अध्यक्षका छोरासहितकाको संलग्नतामा पर्साको सखुवा पर्सौनी गाउँपालिकामा १६ वर्षे किशोरीसँग सामूहिक बलात्कर भएको घट्नामा पर्सा प्रहरीले दुर्इ जनामाथि मुद्दा दायर गरी अनुसनधान बढाएको छ । गत १२ गते भएको घटनाका संलग्न पक्षका अाफन्तले पैसा दिएर मामिला मिलाउन लागिपरेकाे कुरा बाहिरिएको थियो ।
सामूहिक बलात्कारको प्रतिकार गर्दा कुटपिटको शिकार भएको बालिकको बाँया हात भाँचिएको छ ।  ‘त्यो दिन बिहान करिब ११ बजेतिर म घास काटिरहेको थिएँ । गाउँका मुख्तार अन्सारी र अन्सारी बाबु भन्ने मोटरसाइकलमा आए ।  मेरो हसिँया खोसेर फालिदिए र मुख थुनेर मोटरसाइलकमा बसाए । हल्ला गरे मारेर फालिदिने धम्की दिए, 'किशाेरीले भनिन् ।

आरोपीहरु भागेर भारत पसेकाे हुनसक्ने प्रहरी जानकारी गराएकाे छ । 'आरोपीहरु भागेर भारत पुगेका छन्। अनुसन्धान अगाडी बढिरहेको छ । हामीले बालिकाको शारीरीक परिक्षण गराएर रिपोर्ट मगाईसकेका छौं,'पर्सा प्रहरी कार्यलयका स्राेतले भने । यस घटनाकाे विराेध गर्दै वीरगन्जमा प्रदर्शन भएका छन्।  

प्रकाशित: २३ कार्तिक २०७४ ०८:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App