७ वैशाख २०८१ शुक्रबार
राजनीति

रसुवा आइपुग्यो मतपत्र

रसुवा- आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्रलगायत निर्वाचन सामग्री बुधबार साँझ जिल्लामा आइपुगेको छ । 


जिल्ला न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत पुनाराम खनालका अनुसार प्रत्यक्ष र समानुपातिक तर्फका दुवै खाले मतपत्र प्राप्त भएको जानकारी दिए। 

नेपाली सेना र नेपाल प्रहरीको सुरक्षामा ल्याइएको मतपत्र जिल्लाका ४५ मतदान केन्द्रका लागि मतदाता नामावलीका आधारमा छुट्याउने कार्य अगाडि बढिसकेको उहाँले बताउनुभयो । एक प्रतिनिधि सभा र दुई प्रदेश सभा सदस्य निर्वाचित हुने रसुवामा कूल ३२ हजार ३२२ मतदाता रहेका छन् । 

प्रदेश सभा (क) मा १६ हजार १६७ तथा प्रदेश सभा ‘ख’ मा १६ हजार १५५ मतदाता रहेका छन् । मतदान केन्द्र र आवश्यक सुरक्षा व्यवस्था मिलाई सकिएको प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले बताए।

प्रकाशित: २३ कार्तिक २०७४ ०७:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App