७ वैशाख २०८१ शुक्रबार
खेल

नेपाललाई निराशाजनक नतिजा

काठमाडौं- एएफसी यु–१९ च्याम्पियनसिप छनोटमा निराशाजनक नतिजा हासिल गर्दै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ ।
किर्गिस्तानमा भएको एएफसी यु–१९ च्याम्पियनसिप छनोटअन्तर्गत समूह ‘ए’ मा रहेको नेपालले बुधबार अन्तिम खेलमा हारको सामना गर्यो ।
नेपाल ओमानसँग ५–० ले पराजित भयो । ओमानका लागि कप्तान अलहारथी र अर्सद साइद अल अलवाइले २÷२ गोल गरे । थामिर अल जाबीले १ गोल गरेका थिए ।
समूहमा नेपाल एउटा पनि गोल गर्न नसक्ने टोली हो । छनोट चरणको पहिलो खेलमा नेपाल आयोजक किर्गिस्तानसँग २–० ले पराजित भएको थियो । दोस्रो खेलमा नेपाल बहराइनसँग ४–० ले र संयुक्त अरब इमरेट (युएई) सँग १–० ले पराजित भएको थियो ।
नेपाल बुधबार ओमनसँग खेल्नुअघि प्रतियोगिताबाट बाहिरिसकेको थियो । तर नेपालका लागि ओमानविरुद्धको खेल प्रतिष्ठाका लागि थियो । लगातारको निराशाजनक प्रदर्शनलाई बिर्सन नेपाल जित हासिल गर्ने लक्ष्यमा थियो । तर छिरिङ लोप्साङको प्रशिक्षणमा रहेको नेपालले अन्तिम खेलमा पनि सोचेको जस्तो नतिजा निकाल्न सकेन । हारको सामना गर्दै समूहको कमजोर टोली बन्यो ।
बुधबार नेपाललाई हराएको ओमानको भने च्याम्पियनसिप खेल्ने सम्भावना बढेको छ । ७ अंक जोडेको ओमान समूह ‘ए’ बाट प्रतियोगितामा उत्कृष्ट उपविजेता टोलीको रूपमा छनोट हुने सम्भावना कायमै छ । समूहबाट एक खेलअगावै युएई भने फाइनल चरणका लागि छनोट भएको छ । युएईले लगातार तीन खेल जितेर ९ अंक जोडिसकेको छ । अब समूहचरणको अन्तिम खेलमा बहराइनले युएईलाई १–० ले हरायो ।
खराब नतिजा निकालेको नेपालले भने समूह चरणको चार खेलमा १२ गोलको सामना गर्दा विपक्षीको पोस्टमा एउटा गोल पनि गर्न सकेन ।
युएईविरुद्धको नतिजा मात्र नेपालका लागि केही सन्तोष गर्न सक्ने नतिजा थियो । नेपालले युएईविरुद्ध एक गोल मात्र सामना गर्नुप¥यो । युएईविरुद्ध नेपालले अन्तिम समयमा पेनाल्टी अवसर पाएर पनि गोल गर्न सकेको थिएन ।
समूह ‘ए’ मा नेपालसहित युएई, ओमान, आयोजक किर्गिस्तान र बहराइनले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा ओमानले ७ अंक बटुल्दा २ खेल जितेको किर्गिस्तानले ६ अंक हासिल गरेको थियो । घरेलु मैदानमा भएको प्रतियोगितामा किर्गिस्तान पनि छनोट हुन सकेन । नेपाललाई २–० र बहराइनलाई २–१ ले हराएपछि किर्गिस्तानको छनोट हुने सम्भावना बढेको थियो । तर युएईसँग ४–१ ले पराजित भएपछि किर्गिस्तानको पनि छनोट हुने लक्ष्य पूरा हुन सकेन ।
पाँच टोली सम्मिलित समूहमा राउन्ड रोबिन पद्धतिमा प्रतिस्पर्धा भएको प्रतियोगितामा १० समूहका विजेता टोली सोझै अर्को वर्ष इन्डोनेसियामा हुने प्रतियोगितालाई छानिन्छन् । त्यसबाहेक आयोजक इन्डोनेसियासँगै छनोट चरणका १० समूहमा उपविजेता हुनेमध्ये उत्कृष्ट पाँच टोलीले पनि एएफसी च्याम्पियनसिपमा खेल्न पाउनेछन् । बुधबारसम्म समूह ‘एफ’ को विजेता दक्षिण कोरिया, ‘जी’ को विजेता चीन, ‘एच’ को विजेता भियतनाम, ‘आइ’ को विजेता जापान प्रतियोगिताका लागि छनोट भइसकेका छन् ।

प्रकाशित: २३ कार्तिक २०७४ ०२:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App