हवाना- क्युबा र अमेरिकाबीच पहिले एक आपसलाई दाबी गरेको खरबौँ डलरको क्षतिपूर्ति मुद्दा सल्टाउन कठिन र पेचिलो भएको एक वरिष्ठ क्युबाली अधिकारीले बताएका छन ।
अमेरिकाले क्युबाउपर आर्थिक प्रतिबन्ध लगाएको अवधिभर राष्ट्रले तीन खर्ब अमेरिकी डलर बराबरको नोक्सान बेहोर्नु परेको भन्दै त्यसको क्षतिपूर्ति दाबी गरेको छ ।
जवाफमा अमेरिकाले पनि क्युबामा रहेको आफ्नो सम्पत्ति पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोको पालाभरी राष्ट्रियकरण गरेको भन्दै यस बापत १० अर्ब अमेरिकी डलरको क्षतिपूर्ति माग दाबी गरेको छ ।
अमेरिका क्युबा वार्ताका लागि क्युबाली पक्षका टोली नेता उप विदेश मन्त्री अबेलार्दो मोरेनोले “क्युबाले एक पक्षीय समाधानका उपाय स्विकार गर्दैन” भनेका छन्।
अमेरिकी राष्ट्रपति बाराक ओबोमाको पहलमा पुराना तिक्तताको अन्त्य गर्दै गतवर्ष मात्र सौँहार्द्र सम्बन्ध कायम गर्ने सहमति भएको थियो ।
क्युबासँग पुनस्र्थापना गर्न खोजिएको दौत्य सम्बन्धभित्र वातावरण, इमेल सेवा,सुरक्षा र सीधा हवाई सम्पर्क जस्ता आवश्यक पक्षहरुसमेत समेटिएका थिए ।
अहिले चलेको जुहारीले अमेरिका क्युबाबीच फेरी गाँसिन लागेको मित्रतानै धरापमा पर्न सक्ने आशङ्का गरिएको छ । रासस/सिन्ह्वा
प्रकाशित: १८ श्रावण २०७३ १०:१२ मंगलबार