काठमाडौं नेशनलको सम्बन्धन खारेज नगर्ने अन्तरिम आदेशविरुद्ध सरकारको 'भ्याकेट'

बुधबार, २२ कार्तिक २०७४, १७ : १८ दीपक दाहाल  | @DeepakDahal1

553


काठमाडौं—काठमाडौं नेशनल मेडिकल कलेजलाई दिइएको सम्बन्धन बदर गर्ने निर्णयमा जारी सर्वोच्च अदालतको अन्तरिम आदेशविरुद्ध सरकारले 'भ्याकेट' दर्ता गराएको छ। शिक्षा मन्त्रालयले महान्यायाधिवक्ता कार्यालयमार्फत् कार्तिक ८ मा जारी आदेश खारेजीको माग गर्दै मंगलबार भ्याकेट दर्ता गराएको हो।

मन्त्रालयले अस्पतालको सञ्चालन अनुमति नभएको कारण सम्बन्धन दिने निकाय (त्रिवि) ले नै खारेज गरेको, रिटमाथि एक पक्षीय सुनुवाईका भरमा आदेश भएको एवं सम्बन्ध दिने अन्तिम निकाय विश्वविद्यालय नै भएकोले पनि अन्तरिम आदेश खारेज हुनुपर्ने दाबी गरिएको छ।

'काठमाडौं नेशनल मेडिकल कलेजको सम्बन्धनसम्बन्धी विषयमा सम्मानित सर्वोच्च अदालतबाट मिति २०७४ कार्तिक ८ गते जारी भएको अन्तरिम आदेशलाई रद्द गराई पाउन शिक्षा मन्त्रालयको कार्तिक २१ गते महान्यायाधिवक्ताको कार्यालयमार्फत् सम्मानित सर्वोच्च अदालतमा निवेदन दर्ता गराइएको', शिक्षा मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा.हरि लम्सालले बताए।

मन्त्रालयले अस्पतालको सञ्चालन अनुमति नभएको कारण सम्बन्धन दिने निकाय (त्रिवि) ले नै खारेज गरेको, रिटमाथि एक पक्षीय सुनुवाईका भरमा आदेश भएको एवं सम्बन्ध दिने अन्तिम निकाय विश्वविद्यालय नै भएकोले पनि अन्तरिम आदेश खारेज हुनुपर्ने दाबी गरिएको छ।

यसअघि त्रिविले अदालतको बहानामा कार्यपरिषद बैठकबाट पूर्वाधार नपुगेको काठमाडौं नेशनललाई साउन १२ मा सम्बन्धन दिने निर्णय गरेको थियो। त्यसविरुद्ध डा.गोविन्द केसीले अनसन सुरु गरेपछि कार्यकारी परिषदले भदौ २१ मा सम्बन्धन खारेज गरेको थियो। सम्बन्धन खारेज गर्दा मेडिकल कलेज अस्पतालको सञ्चालन अनुमति नै नभएको कारण देखाइएको थियो। सम्बन्धन खारेजीविरुद्ध कलेज सञ्चालक सर्वोच्च गएका थिए। त्यसको सुनुवाई गर्दै सर्वोच्च न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजालसले प्रथम दृष्टिमै सम्बन्धन खारेजीको निर्णय कार्यान्वयनको नगर्न अन्तरिम आदेश जारी गरेको थियो।

भ्याकेट के हो?

अदालतले गरेका आदेश खारेज गर्न सरकारले दिने निवेदन नै भ्याकेट हो। यसअघि गत जेठमा स्थानीय तहको संख्या बढाउने सरकारको निर्णयविरुद्ध सर्वोच्चको आदेश खारेजीका लागि सरकारले भ्याकेट हाल्ने प्रयास गरेको थियो। सर्वोच्चले सरकारको सो भ्याकेट दर्ता गर्नै अस्वीकार गरेको थियो। सर्वोच्च अदालत नियमावली ४१ को उपनियम ३ अनुसार 'एक पक्षीय सुनुवाइ गरी अन्तरिम आदेश जारी भएकोमा वा कुनै कारणले अर्को पक्षले आफ्नो कुरा प्रस्तुत गर्न मौका नपाएको अवस्था त्यस्तो अन्तरिम आदेश रद्द गरी पाउनका लागि सो पक्षले निवेदन दिन सक्ने' उल्लेख छ। नियमावलीमा 'अदालतले उचित र आवश्यक देखेमा अघि दिएको अन्तरिम आदेश रद्द गर्न वा त्यसमा आवश्यक संशोधन गर्न सक्नेछ' भन्ने व्यवस्था छ।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

हरेक विन्डोज प्रयोगकर्ताले जान्नै पर्ने किबोर्ड सटकर्टहरु

हरेक विन्डोज प्रयोगकर्ताले जान्नै पर्ने किबोर्ड सटकर्टहरु

यसले काम गर्ने गतिलाई बढाउँछ भने समयको पनि बचत हुन्छ | ...

युट्यूबले फेक अकाउन्टहरु बन्द गर्दै - थुप्रै च्यानलको सब्सक्राइबर घट्ने सम्भावना

युट्यूबले फेक अकाउन्टहरु बन्द गर्दै - थुप्रै च्यानलको सब्सक्राइबर घट्ने सम्भावना

यसरी फेक सब्सक्राइबर हटाउने काम आज देखि सुरु भएर डिसेम्बर २१ सम्म हुनेछ । ...

कस्तो माइक्रोवेभ किन्ने ?

कस्तो माइक्रोवेभ किन्ने ?

तपाईं पनि नयाँ माइक्रोवेभ किन्ने सोचमा हुनुहुन्छ भने यी कुराहरु ध्यानमा राख्नुहोस् : ...

सुजुकीले ल्यायो नयाँ स्कूटर - सुजुकी बर्गम्यान

सुजुकीले ल्यायो नयाँ स्कूटर - सुजुकी बर्गम्यान

यो स्कूटरले नेपाली बजारमा पहिले देखि उपलब्ध भएका होन्डा ग्राजिया, टिभीएस एनटोर्क र हालै रिलिज भएको भेस्पा नोट्टेसंग प्रतिस्पर्धा गर्नेछ...

यो हो 5G सपोर्ट गर्ने प्रथम स्मार्टफोन प्रोसेसर

यो हो 5G सपोर्ट गर्ने प्रथम स्मार्टफोन प्रोसेसर

क्वाल्कमका अनुसार यस स्मार्टफोन प्रोसेसरले 5G नेटवर्कमा बहु जीबीसम्मको डाउनलोड स्पिड प्रदान गर्न सक्नेछ | ...

यसरी बनाउनुहोस् तपाईंको आफ्नै अक्षरको कम्प्युटर फन्ट

यसरी बनाउनुहोस् तपाईंको आफ्नै अक्षरको कम्प्युटर फन्ट

माइक्रोसफ्टको फन्ट मेकर एपबाट आफ्नै अक्षरको फन्ट बनाउन सम्भव छ ! ...

लन्च भयो नयाँ भेस्पा स्कूटर - भेस्पा नोट्टे

लन्च भयो नयाँ भेस्पा स्कूटर - भेस्पा नोट्टे

यो स्कूटरले नेपालमा उपलब्ध अन्य १२५ सिसिका स्कूटरहरुसंग प्रतिस्पर्धा गर्ने छ | ...

स्मार्टफोन चोरी भयो ? यी गर्नुहोस्

स्मार्टफोन चोरी भयो ? यी गर्नुहोस्

यदि स्मार्टफोन हरायो वा चोरी भइहाल्यो भने यी गर्नुहोस् : ...