coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

रतन संघाईसहित ३ लार्इ ७ दिन थुनामा राख्न अादेश

काठमाडौं- लागु औषध ओसार पसार अभियोगमा पक्राउ परेका रतन संघाईसहित ३ जनालार्इ थप ७ दिन थुनामा राख्र जिल्ला अदालत ललितपुरले अादेश दिएकाे छ।

संघाईसहित ३ जनालाई लागु अाैषध काराेबार गरेकाे अभियाेगमा पक्राउ गरेकाे थियाे। रतन संघाई एभरेष्ट इन्स्योरेन्सका पूर्वअध्यक्ष एवं एचपी ग्यासका सञ्चालक हुन्।

केही दिनअघि संघाईको प्लाष्टिक उद्योगको गोदामबाट सयौं किलोग्राम लागुऔषध बनाउन प्रयोग हुने कच्चा पर्दाथ फेला परेको थियो। प्रहरीले विशेष सूचनाका आधारमा लुकाएर राखेको अवस्थामा चार सय ७१ किलोग्राम लागु औषध बरामद गरेको थियो।

प्रकाशित: १८ श्रावण २०७३ ०९:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App