coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

पेस्तोलधारीलाई पक्राउ गर्न लोकतान्त्रिक गठबन्धनको माग

लोकतान्त्रिक गठबन्धनले गोरखा सदरमुकाममा अायोजना गरेको पत्ररका सम्मेलन। तस्विरः नरहरि

गोरखा— गोरखाको भिमसेन गाउँपालिका धावामा मंगलवार भेटिएको पेस्तोलधारीलाई पक्राउ गरी कानुनी कारवाही गर्न गोरखाका लोकतान्त्रिक गठबन्धनमा आवद्ध दलहरुले माग गरेका छन्। मूख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी गर्दै उनीहरुले निर्वाचन बिथोल्न उमेद्धवार नै हतियार सहित हिडेको भेटिनु निर्वाचन आचारसंहित बिपरित भएको बताएका छन्।

उनीहरुले मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेललाई भेटेर लिखित उजुरी दर्ता गराएका हुन्। लगत्तै प्रमुख जिल्ला अधिकारी सँग भेटेर लोकतान्त्रीक गठबन्धनका जिल्ला नेताहरुले हतियारधारीलाई पक्राउ गरी निर्वाचन भयरहित बनाउन अनुरोध गरे।

काँग्रेसका जिल्ला सचिव नन्दप्रसाद न्यौपानेले भने ‘हतियारको बलमा निर्वाचन कब्जा गर्ने नियतमा नेकपा माओवादी केन्द्र गोरखा लागेको छ, प्रशासनले तत्काल कारवाहीको दायरमा ल्याउनुपर्छ।’

आज गोरखा सदरमुकाममा पत्रकार सम्मेलन गर्दै लोकतान्त्रीक गठबन्धनमा आवद्ध दलहरुले नौ एमएम को पेस्तोल सहित गोली भेटिनु र  बोक्ने माओवादी केन्द्रका कार्यकर्ता गुणप्रसाद खनाल फरार हुनुमा प्रशासनले पक्राउ गर्न चासो नदिएको आरोप लगाएका छन्।

उक्त मोटरसाईकलमा सवार माओवादी केन्द्रबाट समानुपातीक उमेद्धवार समेत रहेकी सुशीला सिम्खडालाई माओवादी नेताको फोनको दबाबका भरमा छाडेको आरोप लोकतान्त्रिक गठबन्धनका नेताहरुको छ। पत्रकार सम्मेलनमा काँग्रेसका जिल्ला सचिव नन्दप्रसाद न्यौपानेले भने ‘हतियारको बलमा निर्वाचन कब्जा गर्ने नियतमा नेकपा माओवादी केन्द्र गोरखा लागेको छ, प्रशासनले तत्काल कारवाहीको दायरमा ल्याउनुपर्छ ।’ बिज्ञप्तीमा निर्वाचन आचारसंहिता लत्याएर हतियार बोकेर हिड्ने उमेद्धवार सिम्खडालाई कारवाहीको माग समेत गरिएको छ।

नयाँ शक्तिका जिल्ला संयोजक रमेश पोखरेलले हतियारधारीलाई यथाशिघ्र पक्राउ गरी कानुनको कठधरामा उभ्याउन प्रशासन सँग माग गरे। ‘पक्राउ गर्न आलटाल गर्ने हो भने गम्भिर कदम उठाउन हामी बाध्य हुनेछौँ, त्यसको सबै जिम्मा प्रहरी र प्रशासनले लिनुपर्छ’ उनले भने। मंगलवार भिमसेन गाउँपालिका ३ धावाबाट बा ७३ प ३३८६ नम्बरको मोटरसाईक चालक भिसमेन गाउँपालिका ४ का गुणप्रसाद खनालको साथबाट नौ एमएम को एक थान पेस्तोल र त्यहाँ प्रयोग हुने तीन राउण्ड गोली बरामद गरेको थियो।

उक्त मोटरसाईकलमा माओवादी नेतृ एवं समानुपातीक उमेद्धवार शुसिला सिम्खडा पनि सवार थिइन। प्रहरीले चेकजाँच गर्न लागेपछि खनाल झोला र मोटरसाईकल छाडेर भागेका थिए । उनी लामो समय देखि माओवादी मा आवद्ध छन् । उमेद्धवार सिम्खडाले भने लिफ्ट मागेर आएकाले आफुलाई हतियार बारे थाहा नभएको प्रतिक्रिया दिएकी छन् ।

प्रकाशित: २२ कार्तिक २०७४ १०:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App