coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

दलका चुनावी घोषणा, गर्भवतीलाई भत्तादेखि रक्सी नियन्त्रणसम्म

काठमाडौं- ऐन जारी भइसकेको स्वास्थ्य बिमालाई लागू गर्ने, गाउँगाउँमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने गरी ठूला अस्पताल स्थापनाको साझा अवधारणासहित ठूला राजनीतिक दलले आगामी केन्द्र तथा प्रदेश तहको निर्वाचनका लागि घोषणापत्रमा पारेका छन्।

नसर्ने दीर्घ रोगका उपचार सहुलियत वा निःशुल्क, विभिन्न तहअनुसारका संरचनामा ठूला अस्पताल खोल्ने महिला स्वस्थ्य स्वयम्सेविकाका सुविधा वृद्धिजस्ता बढी महत्वकांक्षी र लोकप्रिय एजेण्डालाई अधिकांश दलले प्रमुखता दिएका छन् ।

हालसम्म नेपाली कांग्रेस, बाम गठबन्धन र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले घोषणापत्र सार्वजनिक गरिसकेका छन् । कांग्रेसलले भरपर्दो, गुणस्तरीय र सुलभ स्वास्थ्य सेवालाई मूल लक्ष्यका साथ नीति तथा कार्यक्रम सञ्चालन गर्ने र उपचार हुन सक्ने रोगको उपचार सुविधा नपाई कुनै पनि नेपालीले अकालमा मृत्यु नहोस् भन्ने उद्देश्यसहितको प्रतिबद्धता गरेको छ ।

कांगेस नेता गगन थापाले स्वास्थ्य र शिक्षा सबैलाई समान बनाउने र समाज परिवर्तन गर्ने माध्याम पनि भएको भन्दै अब देशमा सम्वृद्धिको कुरा उठ्दा कांग्रेसले यी दुई विषयलाई प्राथमिकता दिनेगरी घोषणा पत्र ल्याएको बताए । ‘स्वास्थ्य र शिक्षाको दायित्व राज्यले नै लिनुपर्छ,’ उनले भने, ‘त्यही सोचअनुसार घोषणापत्र आएको छ ।’

दुई प्रमुख दल एमाले र माओवादी केन्द्रसहितको बाम गठबन्धनले भने संविधान प्रदत्त मौकिक हक कार्यान्वयन सुनिश्चितताका लागि अनिवार्य स्वास्थ्य बिमा लागू गर्ने उल्लेख गरेको छ । संसदले जारी गरेको बिमा ऐनअनुसार सम्पूर्ण नेपालीको बीमा गर्ने बृहत् अवधारणा कांग्रेसले अगाडी सारेको छ भने गरिबीको रेखामुनी रहेका जनताको बिमा रकमको ५० प्रतिशत भुक्तानी सरकारले गर्ने प्रतिबद्धता बाम गठबन्धनको छ । बामगठबन्धनले १५ वर्षमुनि र ६५ वर्षमाथिका नागरिकका निःशुल्क स्वास्थ्य उपचार गर्ने समेत घोषणा गरेका छन् ।

राप्रपा नेपालले पनि जनता स्वास्थ्य सुविधाबाट वञ्चित हुन नपरोस् भन्ने सोचअनुसार नै स्वास्थ्य बीमाको अवधारणालाई कार्यान्वयन गर्दै पाँच वर्षभित्र सबैको बिमा गरिसक्ने प्रतिबद्धता गरेको छ । तर उसले विपन्न वर्ग, राट्रसेवक, सुरक्षाकर्मी, मजदुरलगायतका विशेष वर्गको स्वास्थ्य उपचार निःशुल्क गर्ने उल्लेख गरेको छ ।

संघीय संरचनअनुसार सबै तहमा अस्पताल स्थापना सबै दलका प्रतिबद्धतामा परेका छन् । कांग्रेसले हरेक गाउँपालिकामा प्रसुति सेवासहितको १५ शैड्ढयाको अस्पताल र नगरपालिका जनसंख्या हेरी ५० शैड्ढयासम्मको अस्पताल स्थापना गर्ने जनाएको छ ।

गाउँपालिका तहको अस्पताल २५ र नगरपालिका तहको अस्पताल ५० शैड्ढयाको हुने बाम दलको प्रतिबद्धता छ । वडा तहमा समेत स्वास्थ्य चौकी तहको संरचना नै बनाउने प्रतिबद्धता प्रमुख दलका प्राथमिकतामा परेका छन् ।

राप्रपा नेपालले सातै प्रदेशमा ठूला अस्पताल खोल्ने उल्लेख गरेको छ । प्रत्येक प्रदेश सदरमुकाममा सुविधासम्पन्न एक हजार शैड्ढयाको अस्पताल स्थापना गर्ने प्रतिबद्धता बाम गठबन्धनको छ ।

वाम गठबन्धनले चिकित्सा शिक्षालाई नाफा कमाउने माध्यम बनाउँन निरुत्शाहित गर्ने प्रतिबद्धता समेत घोषणामा गरेको छ । यद्यपि घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै एमाले अध्यक्ष केपी ओलिल देशको आवश्यकताअनुसार मेडिकल कलेज खोल्ने बताए ।

कांगेस नेता गगन थापाले स्वास्थ्य र शिक्षा सबैलाई समान बनाउने र समाज परिवर्तन गर्ने माध्याम पनि भएको भन्दै अब देशमा सम्वृद्धिको कुरा उठ्दा कांग्रेसले यी दुई विषयलाई प्राथमिकता दिनेगरी घोषणा पत्र ल्याएको बताए । ‘स्वास्थ्य र शिक्षाको दायित्व राज्यले नै लिनुपर्छ,’ उनले भने, ‘त्यही सोचअनुसार घोषणापत्र आएको छ ।’

कांग्रेसले महिला स्वास्थ्य स्वयंसेविकालाई दिइँदै आएको भत्ता र सुविधालाई दुई वर्षभित्रै दोब्बर बनाउने घोषणा र सो सेवालाई गुणस्तरीय बनाउन नर्सिंङ तालिमसमेत दिएर वडामा तलबी स्वयम् सेविकाको व्यवस्थासमेत गर्ने प्रतिबद्धता गरेको छ । राप्रपाले प्रत्येक वडामा २ जना स्वयम्सेविका राख्ने र २ हजार भत्ता दिने घोषणा गरेको छ । बामगठबन्धनको घोषणापत्रमा महिला स्वयम्सेविकाको विषय नसमेटी अन्य स्वास्थ्यकर्मीको तलब भने दोब्बर पार्ने घोषणा गरेको छ ।

नेपालले उल्लेख्य उपलब्धी हासिल गरेको बाल तथा शिशु मृत्युदर घटाउने लक्ष्यमा समेत नेपाली कांग्रेसले १० वर्षभित्र प्रतिहजार जन्ममा शिशु मृत्युदर १५ भन्दा कम र प्रति लाख जन्ममा मातृ मृत्युदर ५० भन्दा कममा झार्ने अठोट गरेको छ । हाल नेपालमा बाल मृत्युदर ५४ र मातृ मृत्युदर १९० छ । बाम गठबन्धनले खोप, स्वास्थ्य सेवा र पोषणयुक्त खानाको सहज उपलब्धता तथा स्याहार–सम्भारबाट बाल मृत्युदर शून्यमा झार्ने प्रतिबद्धता गरेको छ । तर समयसीमा भने घोषणापत्रमा उल्लेख छैन ।

सर्ने खालका रोगको उपचार निःशुल्क गर्ने र त्यसलाई घटाउदै लाने प्रतिबद्धता दुवै प्रमुख गठबन्धनको छ । नसर्ने र कडा खालका रोगको उपचारमा भने कांग्रेसले हाल १२ कडा रोगहरूलाई उपचार सहायता उपलब्ध गराइँदै आएकोमा यो कार्यक्रम थप रोगका हकमा लागू हुने व्यवस्था गरिनेछ । उपचार निःशुल्क भइसकेको बाथ, मुटुरोग र मृगौला प्रत्यारोपणलाई थप सहज बनाउँदै निःशुल्क डायलेसिस सेवालाई स्थानीय तहसम्म विस्तार गरिने तथा महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षणलाई स्थानीय तहसम्म विस्तार गरिने प्रतिबद्धता गरेको छ ।

त्यसैगरी उच्च रक्तचाप, मुटुरोग, मधुमेह, मिर्गाैला रोग, दमखोकी, क्यान्सर आदि घातक रोगहरूको औषधि, रक्त परीक्षण र स्वास्थ्य जाँच निःशुल्क रूपमा उपलब्ध गराउने प्रतिबद्धता बाम गठबन्धनको छ । हाल उपचार निःशुल्क रहेको मिर्गौला रोगीका लागि डायलोसिस तथा प्रत्यारोपण सेवा निःशुल्क गरिने घोषणासमेत बाम गठबन्धनको घोषणापत्रमा छ ।

राप्रपा, बाम गठबन्धन र कांग्रेस तीनवटै शक्तिले आर्युवेद र वैकल्पिक चिकित्सा पद्धतिको प्रबर्धनको प्रतिबद्धता जनाएका छन् । स्वास्थ्यसँग जोडिएका प्रत्येक घरमा शौचालय र खानेपानीमा सम्पूर्ण नागरिको पहुँच बढाउने प्रतिबद्धता कांग्रेसको छ भने, बाम गठबन्धनले प्रत्येक घरमा अनिवार्य शौचालय र धुवाँरहित चुलोको व्यवस्था गर्ने उल्लेख छ । कांग्रेस र राप्रपाले सुत्केरी आमा र बालबालिकालाई पोषणमा अनुदानको घोषणा गरेका छन् ।

वामगठबन्धनले सुर्तीजन्य पदार्थको विक्री वितरण नियन्त्रण गर्नुका साथै मदिरा उत्पादन र बिक्री–वितरणलाई प्रभावकारी रूपमा नियमन गर्नेसमेत प्रतिबद्धता गरेको छ । त्यसैगरी विकट गाउँहरूका लागि एयर एम्बुलेन्स र आकस्मिक दुर्घटना, प्राकृतिक प्रकोप र विपद्बाट हुने घाइतेहरूको सम्पूर्ण उपचार निःशुल्क गर्ने विषयसमेत बामगठबन्धनले घोषण पत्रमा उल्लेख गरेको छ ।

प्रकाशित: २२ कार्तिक २०७४ १०:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App