coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

निर्वाचन सामाग्री जाजरकोट पुग्यो

जाजरकोट- आगामी  मंसिर १० गते  पहिलो चरणमा हुने  प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि  मतपत्र र  निर्वाचन सामाग्री  जाजरकोटमा पुगेको  छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लामा  ९५ प्रतिशत निर्वाचन सामाग्रीहरु र २ लाख ८५ हजार मतपत्रहरु आएको छ।

  जाजरकोटका  लागि  समानुपातिक तर्फ ९५ हजार,  प्रत्यक्ष तर्फ प्रतिनिधि सभाको लागि  ९५ हजार र  प्रदेश सभाका लागि  क्षेत्र नम्वर १ मा ५१ हजार  र क्षेत्र नम्वर २ का लागि ४४ हजार मतपत्र हेलिकोप्टर मार्फत जिल्लामा पुगेको  जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिवहादुर वुढाथोकीले जानकारी दिए। निर्वाचन आयोगले पहिलो चरणको  निर्वाचनका लागि सवै तयारी पुरा भएको जनाए पनि   मतदातालाइ भोट हाल्ने तरीका सिकाउने  मतदाता शिक्षाको भने  अभाव देखिएको छ । निर्वाचन सामाग्री नआएका  कारण रोकिएको   निर्वाचन शिक्षा कार्यक्रम  जाजरकोटमा कार्तिक २४ गते हुने  जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यस अघि उक्त  निर्वाचन शिक्षा कार्यक्रम  कार्तिक १५ गते तोकिएको थियो।

 स्थानीय तहका समन्वयकर्ताहरुलाइ   मतदाता शिक्षा अन्तरगत प्रशिक्षण दिइएको  कार्यालयले जनाएको  छ । जिल्लामा  निर्वाचनका लागि आवस्यक  मतपेटिकाहरु, निर्वाचन शिक्षाका लागि  पोस्टर पम्पलेटहरु, नमुना मतपत्रहरु र  निर्देशिकाहरु तथा अन्य सामाग्रीहरु आइसकेको  जिल्ला निर्वाचन कार्यालयका प्रमुख वुढाथोकीले बताए। उनले  स्थल मार्गवाट निर्वाचन सामाग्री र  हवाइ मार्गवाट मतपत्रहरु आएको बताए ।

प्रकाशित: २२ कार्तिक २०७४ ०९:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App