६ वैशाख २०८१ बिहीबार
समाज

ट्याक्सीभित्र युवक मृत फेला

भक्तपुर- भक्तपुरको मध्यपुर थिमि नगरपालिका २ दिव्यश्वरीमा  बुधबार एकजना व्यक्ति मृत अवस्थामा फेला परेका छन्।

 महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार दिव्यश्वरी जग्गा एकीकरण आयोजनाको प्लानिङ गरेको जग्गामा बा १ ज १०४० नं. को सेतो ट्याक्सीको पछाडि सिटमा अन्दाजी ३० देखि ३५ बर्षको पुरुष व्यक्ति मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। खबर प्राप्त हुना साथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट प्रहरी उपरीक्षकसहितको टोली  खटी गई घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको परिसरका प्रवक्ता कृष्ण प्रसाईले बताए ।

मृतकको सनाखत सम्बन्धमा सोही ट्याक्सी चालक  सर्लाही घर भई हाल ललितपुर कुसुन्ती बस्ने बर्ष ४९ को यज्ञबहादुर खड्का रहेको पाइएको उनले जनाए। प्रारम्भिक अनुसन्धान पश्चात लाश पोष्ट मार्टमको लागि त्रि.वि.शिक्षण अस्पताल महाराजगंज पठाई थप अनुसन्धान कार्य भइरहेको उनले जनाए।  

 

 

प्रकाशित: २२ कार्तिक २०७४ ०९:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App