यासोक (पाँचथर)— जिल्लाको कुम्मायक गाँउपालिकमा उम्मेद्वारले खानेपानी र तमोर जलाशययुक्त जलविद्युत आयोजना प्रमुख प्राथमिकतामा राखेका छन्। खानेपानीलाई उम्मेद्वारहरुले प्रमुख एजेण्डाका रुपमा राखेका छन्। केही वर्षयता ७२० मेघावटको तमोर जलाशययुक्त आयोजना निकै चर्चित छ। यो जलाशय युक्त आयाोजना अघि बढाउने उम्मेद्वारको प्रमुख एजेण्डा रहेका हुन्।
खानेपानी र तमोर जलाशय युक्त आयोजना प्रमुख एजेण्डा लिएर उम्मेद्वारहरु भोट मागिरहेका छन्। स्थानीयवासीको प्रमुख आवश्यकतालाई आधार बनाएर यस्ता चुनावी योजना अघि सारीएका हुन्। जनचासको विषयलाई नेताहरुले एजेण्डामा टपक्क टिपेका छन्। यहाँका यासोक, स्वाबरुम्बा र रानीगाँउका लागि लिफ्ट प्रविधिबाट तमोरको पानी गाँउ ल्याउने योजना सञ्चालनमा छ। यो आयोजना सफलतापूर्वक सम्पन्न गर्ने तथा पालिकाका अन्य गाँउपालिकामा खानेपानीको उपलब्धता गराउने उम्मेद्वारहरु प्रतिवद्धता गर्दै आएका छन्।
स्थानीयको स्वामित्व, निशुल्क सेयरसहितका एजेण्डामा तमोर जलासय युक्त आयोजना परेका छन्। सडक स्तरउन्नति, विद्युतीकरण, सुविधासम्पन्न अस्पताल, क्याम्पस जस्ता एजेण्डा राखिएका छन्। कुम्मायक गाँउपालिकामा साविकका यासोक, रानीगाँउ, स्वाबरुम्बा र माङजावुङ गाविस छन्।
सुख्खा क्षेत्रमा लिफ्ट प्रविधिको खानेपानी तथा तमोर जलासय युक्त आयोजना, सडक, बत्ति, अस्पतालजस्ता एजेण्डा रहेका लोकतान्त्रिक गठबन्धनका यो क्षेत्रका उम्मेद्वार सुरेन्द्रकुमार दाहाल बताउँछन्। सुख्खाक्षेत्र भएका कारण बसाइँ सराई बढ्नुका साथै कृषि क्षेत्र धरासायी बनेकाले खानेपानी प्रमुख आवश्यता रहेको उनको भनाई छ। देशमै विद्युत् आपूर्ति सहज बनाउन र स्थानीय स्तरमा रोजगारी पु¥याउन तमोर जलाशय युक्त आयोजना आवश्यक रहेको उनको भनाइछ। आफ्नै पालामा काम सुरु गर्ने उनको एजेण्डामा छ।
उम्मेद्वारहरुले स्थानीयलाई प्रभावित पार्ने गरी एजेण्डा बनाएका छन्। खानेपानी, सडक, क्याम्पसको स्तरउन्नति, विशेषज्ञसहितको अस्पताल यहाँका मुख्य एजेण्डा हुन्। कृषिको आधुनिकरण, पूर्वाधारहरुको विषयहरु पनि चुनाबी एजेन्डा बनेका छन्। यी मध्ये तमोर जलासययुक्त आयोजना बढी प्राथमिकतामा छ। कुम्मायक, कुसायक मन्दिरको संरक्षण तथा विकास लागयतका विषय समेत छन् ।
तमोर आयोजना पाँच बर्षभित्रमा नै अघि बढाउन पहल गर्ने बाम गठबन्धनका उम्मेद्वार इन्द्र आङबोले प्रतिबद्धता जनाएका छन्। स्थानिय स्तरमा रोजगारी तथा स्थायिन सहभागितमा आधारित रहेर आयोजना अघि बढाउन आफूले पहल गर्ने उनले दाबि गरे।
हाल आन्तरिक आम्दानी कम हुने गाँउपालिका भित्र यो पर्छ। तमोर आयोना मार्फत आय स्तर बढाउने संकल्प गरिँदैछ। पातलो बस्ती भएको यो गाँउपालिकामा सुख्खाका कारण कृषि उत्पादन समेत राम्रो हुन सकेको छैन। बसाई सराई बर्षेनी बढ्दै गएको पाइन्छ।
डिस होमले आफ्ना ग्राहकहरुलाई सदस्यता शुल्क समाप्त भइसके पछि पनि ३ दिन सम्म थप म्याद दिदै आएकोमा अब उक्त सेवाको...
केही वर्षअघिसम्म १–२ जना आन्तरिक पर्यटक मात्र आउने मकवानपुरगढी क्षेत्रमा अहिले दैनिक हजारभन्दा बढी आउन थालेका छन् । ...
सन नेपाल लाइफ इन्स्योरेन्सले अभिकर्ता अन्तरक्रिया तथा सम्मान कार्यक्रम गरेको छ । ...
कामना सेवा विकास बैंकले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर १० स्थित मनमैजुमा शाखा विस्तार गरेको छ । ...
एभरेस्ट बैंकले ललितपुरको धापाखेलस्थित सेल्फ–हेल्प ग्रुप फर सेरेब्रल पल्सी, नेपाल (एसजिसिपी) लाई एक थान स्कुल भ्यान हस्तान्तरण गरेको छ ।
नेपाल टेलिकमले मुगुस्थित रारातालमा फोरजी मोबाइल सेवा प्रदान विस्तार गरेको छ । ...
कुमारी बैंकले काठमाडौंको नक्सालमा भवन शिलान्यासको निम्ति भूमीपूजन गरेको जनाएको छ । ...
इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले ‘जाडो याममा तात्तातो हिटरनेट’ अफर ल्याएको छ । ...
यसमा तपाईको मत