१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

गाईघाटमा बाह्रै महिना तरकारी महँगो

गाईघाटस्थित कृषि बजारमा स्थानीय उत्पादनका तरकारी बेच्दै व्यापारी ।

उदयपुर, कात्तिक २२– गाईघाटमा हरियो तरकारीको मूल्य बाह्रै महिना महँगो हुने गरको छ । दसैं तिहार र छठले आकाशिएको तरकारीको मूल्य हालसम्म घटेकाे छैन् ।  व्यवसायिक तरकारी खेती गर्ने किसानको कमीका कारण पनि तरकारी गाईघाटमा बाह्रै महिना महँगो हुने गरेको सरोकारवालाहरु बताउँछन् ।
अहिले बजारमा हरियो सागको मूल्य प्रतिकिलो २ सय ५० रुपैंयासम्म पर्ने गरेको छ । गत असारमा बाढीले तरकारी आयात अवरुद्ध भएपछि ६० रुपैंया किलोबाट एक्कासी बढेर २ सय २५ सम्म प्रतिकेजी पुगेको थियो । तर, ३ महिना काटिसक्दासम्म सो मूल्य स्थीर नै रहेको छ । सागमध्ये रायो र लट्टेको मूल्य एउटै रहेकाे छ । अहिले रायो र लट्टेको साथ प्रति पाउ ४० देखि ६० रुपैंया अर्थात १ सय ६० देखि २ सय ४० सम्म पर्ने गरेको तरकारी व्यापारी देवनारायण साहले बताए ।
स्थानीय उत्पादन नभएकाले सबै बाहिरको बजारमा भर पर्नुपर्दा महँगो पर्ने गरेको उनले बताए । सागसँगै अन्य तरकारी पनि उत्तिकै महँगो पर्ने गरेको छ । सागसँगै आल, टमाटर, काउली, बन्दा, फर्सी, इस्कुस, परवल, घिरौला, करेला, चुचे करेला, भिन्डी र मसलाजन्य लसुन, प्याज र अदुवाको सबैको भाउ उक्लिएको व्यापारीहरु बताउँछन् । व्यापारी केसु गुप्ताका अनुसार सबै खाले तरकारीको मूल्य बढेकाे छ । तर, यो मूल्य ३ महिनाअघि नै बढेको उनले बताए । त्यसबेला ४० रुपैंया प्रतिकिलो रहेको प्याजको भाउ अहिले ८० रुपैंया पुगेको छ । आलुको भाउ प्रतिकिलो १ सय १० रुपैंया सम्म पुगेको छ ।
खुर्सानी प्रतिकिलो १ सय ४०, बन्दा १ सय २०, काउली २ सय ५० भन्दा बढीसम्म पर्ने गरेको छ । सरदर सबै तरकारीको मूल्य बढेको त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटले जनाएको छ ।

व्यापारीहरु हरियो साग सब्जी र तरकारी गाईघाटमा काठमाडौंभन्दा ३० प्रतिशतसम्म महँगो पर्ने गरेको बताउँछन् । धरान, विराटनगर, लाहान, राजविराजभन्दा त दोब्बरभन्दा महँगो पर्ने गरेको स्थानीय व्यापारी कमल साहले बताए । स्थानीय उत्पादन कम हुने तथा बाहिरबाट ल्याउँदा पूर्वपश्चिम लोकमार्गभन्दा भित्र पर्ने भएकाले गाईघाटमा तरकारीको मूल्य महँगो पर्ने गरेको उनको भनाई छ ।
गाईघाटमा खासगरी सर्लाहीको लालबन्दी, धनकुटा, इनरुवा, धरान, गोलबजार र भारतीय बजारबाट तरकारी आयात हुने गरेको छ । दैनिक २ सय टनसम्म तरकारी भित्रिने गाईघाट आउने गरेको छ । स्थानीय उत्पादन भने बढीमा १५/२० टन दैनिक आउने गरेको छ । मागको आधा हिस्सा तरकारी पनि स्थानीय उत्पादन हुन नसक्दा सँधै गाईघाटबासीलाई तरकारीको मूल्य महँगो पर्नु स्वभाविक रहेको वाणिज्य संघले जनाएको छ ।
दिनदिनै बाक्लिदो आवादी तथा सदरमुकाम भएका कारण गाईघाटमा प्रहरी, सेना, सशस्त्र र खेलकुद गतिबिधि भईरहने हुँदा तरकारी खपत बढी हुने गरेको छ । सशस्त्रको गुल्म र प्रहरीको जिल्ला, नगर र जलजलेमा इलाका युनिट रहेको छ । दुईदर्जन बढी होटल रहेका छन् । यसरी खपत बढी हुने र उत्पादन कम हुने गरेका कारण बाहैकाल तरकारीको भाउ उच्च रहने गरेको व्यापारीहरु बताउँछन् ।
नेपाली सेनाको गण र बाहिनी, सशस्त्र प्रहरी र प्रहरीलाई नियमित तरकारी उपलब्ध गराउनुपर्ने व्यापारी बताउँछन् । उनीहरुलाई मात्र दैनिक झण्डै १० टन तरकारी आवश्यक पर्ने गरेको छ । त्यसबाहेक सदरमुकाम बाहेकका बजार साउने, खाँबु, मुर्कुची, जलजले, राजाबासलगायत बजारमा पनि खुद्रा व्यापारीले सदरमुकामबाटै तरकारी लाने गरेका छन् ।
   
जिल्ला कृषि कार्यालयले स्थानीय संघसंस्थाहरु समाज सेवी समूह, जिल्ला कृषक महासंघ, नव प्रभात नेपाल, बाल विकास समाजलगायतसँगको साझेदारीमा सिप्रेड हिमालीका परियोजना लागू गरिएको घिमिरेले बताए ।

 

प्रकाशित: २२ कार्तिक २०७४ ०६:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App