coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

क्यान्सरबाट अकालमा मर्न नपरोस् : राज्यमन्त्री लामा

जुम्ला, कार्तिक २२– उद्योग राज्यमन्त्री रेशम वहादुर लामाले कर्णालीमा क्यान्सर रोग लागेकाे कारण अकालमा मर्नु पर्ने अवस्थाको अन्त्य हुनु पर्ने बताएका छन्। उनले क्यान्सर विरुद्धको अभियानलाई निरन्तरता दिएर सचेतनाका क्रियाकलापमा जोड दिनुपर्ने जानकारी गराए ।   

उद्योग अनुगमनका लागि जुम्ला पुगेका राज्यमन्त्री लामाले सन्ध्या फाउण्डेशनको उद्घाटन गर्दै स्वास्थ्य, शिक्षा, खेलकुदलाई प्रथामिकता दिएर अघि बढ्नुपर्ने सुझाव दिएका थिए । क्यान्सर रोगको उपचार गर्न नपाउँदा जुम्लाकी सन्ध्या शाहीले अकालमा मृत्यु बेहोर्नु परेको भन्दै आगामी दिनमा काेहीपनि कर्णालीबसीले क्यान्सरको पिडा खेप्न नपरोस भन्नका लागि सरकार सचेत रहेको बताए । 'सरकारको अनुपस्थितिमा सन्ध्या फाउण्डेशनले काम गर्नेछ । निमुखालाई न्याय र विपन्नलाई आय दिनु अहिलेको सरकारको प्रथामिकता रहेको हुँदा कार्णालीबासीले तमाखु छाडेर साग र गाजर उत्पादन गर्न थालेकाेमा खुसी लागेकाे छ,' उनले भने ।

प्रकाशित: २२ कार्तिक २०७४ ०६:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App