coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

स्टार बन्ने दौडमा अभिनेत्रीहरू

काठमाडौं–  मंगलबार सार्वजनिक कामना फिल्म अवार्डको मनोनयनमा ५ अभिनेत्रीबीच ब्युटी स्टार अवार्डका लागि प्रतिस्पर्धा हुने भएको छ । जारी मनोनयन अनुसार ‘लक्स व्युटी स्टार’का लागि वर्षा राउत, केकी अधिकारी, प्रियंका कार्की, ऋचा शर्मा र सृष्टी श्रेष्ठ प्रतिष्पर्धी छन् । ‘ब्युटी स्टार’मा प्रतिस्पर्धा गरिरहेका तीन अभिनेत्री मुख्य विधाको प्रतिस्पर्धामा पनि अटाएका छन् । ‘उत्कृट अभिनेत्री’ विधामा फिल्म ‘छक्का पञ्जा’बाट प्रियंका कार्की, ‘डाइङ क्यान्डल’बाट सिर्जना सुब्बा, ‘जात्रा’बाट वर्षा राउत, ‘लभ सासा’बाट केकी अधिकारी र ‘निर्भय’बाट नीता ढुंगाना मनोनित भएका छन् ।

३२ विधामा प्रदान गरिने अवार्डको यो संस्करणमा ‘उत्कृष्ट अभिनेता’मा ‘वीर विक्रम’बाट दयाहाङ राई, ‘गाजलु’बाट अनमोल केसी, ‘जात्रा’बाट विपिन कार्की, ‘निर्भय’बाट निखिल उप्रेती र ‘शब्द’बाट सौगात मल्ल छन् उत्कृष्ट ५ भित्र अटाएका छन् । ‘उत्कृष्ट चलचित्र’ विधामा ‘छक्का पञ्जा’, ‘डाइङ क्यान्डल’, ‘गाजलु’, ‘जात्रा’ र ‘के म तिम्रो होइन र’ परेका छन् ।

त्यस्तै ‘उत्कृष्ट निर्देशक’को मनोनयनमा ‘बाटो मुनिको फूल २’बाट सुवर्ण थापा, ‘चपली हाइट २’बाट दीपेन्द्र के खनाल, ‘गाजलु’बाट हेमराज बिसी, ‘के म तिम्रो होइन र’बाट आकाश अधिकारी र ‘लुट २’बाट निश्चल बस्नेत छन् । यस्तै ‘छायांकन’मा ‘छक्का पञ्जा’ र ‘लुट २’बाट पुरुषोत्तम प्रधान, ‘चपली हाइट २’बाट निरज कँडेल, ‘डाइङ क्यान्डल’बाट रविन आचार्य, ‘गाजलु’बाट शैलेन्द्र डि कार्की र ‘शब्द’बाट शिव ढकाल छन्।

‘सम्पादन’ विधाको मनोनयनमा ‘छक्का पञ्जा’बाट विपिन मल्ल, ‘डाइङ क्यान्डल’बाट भुपेन्द्र अधिकारी, ‘गाजलु’ र ‘लुट २’बाट सुरेन्द्र पौडेल तथा ‘जात्रा’बाट मित्र डि गुरुङ छन्।

मनोनयनमा निर्देशक दीपाश्रीको फिल्म ‘छक्का पञ्जा’ सर्वाधिक १७ विधामा मनोनित भएको छ भने निर्देशक प्रदीपको फिल्म ‘जात्रा’ र हेमराज बिसी निर्देशित फिल्म ‘गाजलु’ समान १४ विधाको मनोयनमा परेका छन् । त्यस्तै निश्चलको फिल्म ‘लुट २’ ११, आकाशको फिल्म ‘के म तिम्रो होइन र’ १०, ‘बाटोमूनिको फूल २’ र ‘डाइङ क्यान्डल’ समान ९ विधामा मनोनयनमा अटाएका छन् ।

यसैगरी नवनिर्देशक सन्तोष शिवाकोटीको फिल्म ‘शब्द’ ८, मिलनको ‘वीर विक्रम’ र ऋषि लामिछानेको ‘किस्मत २’ समान ५, मधुसुदन भट्टराईको ‘निर्भय’ र दीपेन्द्र के खनालको ‘चपली हाइट २’ समान ४, सुवास कोइरालाको ‘पलाँस’ र योगेश घिमिरेको ‘राधा’ समान ३, निरक पौडेलको ‘होमवर्क’, रोज राणाको ‘जय परशुराम’, सबिर श्रेष्ठको ‘किङ’, आशिष श्रेष्ठको ‘सफर’ समान २ विधामा छन्।

सिजी इन्टरटेनमेन्टको प्रस्तुतिमा कामना सिने पत्रिकाले आयोजना गर्न लागेको अवार्डमा फिल्म क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै कला र प्रविधि क्षेत्रबाट एक–एकजनालाई जनही १ लाख रुपियाँ नगदसहित ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ दिइनेछ । त्यस्तै निर्णायक मण्डलको निर्णयका आधारमा प्रतियोगितामा रहेको एक फिल्म, कलाकार वा प्राविधिकलाई ‘जुरी अवार्ड’ तथा संगीत, फेशन र नाट्य विधामा ‘सिजी क्रिटिक्स अवार्ड’ दिइने आयोजकले जनाएको छ। 

अवार्ड आयोजक समितिका निर्देशक पुष्करलाल श्रेष्ठले कामनाको जन्म नै कलाकार, कलाकर्मी र फिल्म क्षेत्रको विकास र विस्तारका लागि भएको स्मरण गर्दै नेपाली कलाकार र फिल्म क्षेत्रले पनि मान सम्मान र प्रतिष्ठा हासिल गर्नुपर्छ भन्ने ध्येयले अवार्डको सुरुवात गरेको बताए । अर्का निर्देशक तथा सिजी इन्टरटेनमेन्टका अध्यक्ष वसन्त चौधरीले उत्कृष्टता, पारदर्शिता र निष्पक्षताका कारण कामना फिल्म अवार्ड नेपाली फिल्म क्षेत्रको मानक अवार्ड हुने दाबी गरे।

प्रकाशित: २२ कार्तिक २०७४ ०५:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App