४ वैशाख २०८१ मंगलबार
समाज

बौद्ध धर्मावलम्बीको ‘गुँला’ पर्व बुधबारदेखि

काठमाडौं– बौद्ध धर्मावलम्बीको महत्वपूर्ण सांस्कृतिक ‘गुँला’ पर्व बुधबारदेखि सुरु हुँदैछ।

एक महिने ‘गुँला’ पर्वका लागि सम्पूर्ण तयारी पूरा भएको स्वयम्भू क्षेत्र विकास महासमितिले जनाएको छ। प्रत्येक वर्ष साउन महिनामा सुरु भई एक महिनाको अवधिभर सञ्चालन हुने उक्त मेलामा आउने भक्तजनको सहजताका लागि आवश्यक स्वयंसेवक तथा सुरक्षाकर्मीको व्यवस्था गरिएको छ।

काठमाडौँ उपत्यका तथा वरपर क्षेत्रबाट आउने भक्तजनले सहभागिता जनाउने मेलामा स्वयम्भू तथा त्यस आसपास क्षेत्रमा सरसफाइका साथै तथा खानेपानीको व्यवस्था मिलाइएको छ। भक्तजनलाई आवश्यक परेमा सामान्य स्वास्थ्योपचारको व्यवस्था र एम्बुलेन्स तैनाथ अवस्थामा समेत राखिएको समितिका महासचिव महेन्द्ररत्न बुद्धाचार्यले जानकारी दिए।

महासमितिले त्यस क्षेत्रको पुनःनिर्माणका लागि खर्च गर्नु परेकाले यस पटक मेलाका व्यवस्थापनका लागि विगतमा भन्दा कम अर्थात् करिब रु तीन लाख छुट्याएको छ।

नेपाल भाषामा ‘गूँ’को अर्थ नौ तथा ‘ला’को अर्थ महिना हो । सामान्यतया नेपाल संवतको नौ महिनामा पर्ने सो पर्व विशेषगरी बौद्ध धर्मावलम्बीको महत्वपूर्ण पर्वका रुपमा परिचित छ।

पर्वका अवधिमा स्वयम्भू तथा त्यस क्षेत्र नजिकका चैत्यको दर्शन गर्ने परम्परा रहेको स्वयम्भूका पुजारी बाबुराजा बुद्धाचार्यले जानकारी दिए। रासस

 

प्रकाशित: १८ श्रावण २०७३ ०८:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App