८ वैशाख २०८१ शनिबार
राजनीति

पहिलो चरणको तयारी पूरा : यादव

सिन्धुपाल्चोक – प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले ३२ जिल्लामा पहिलो चरणमा मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी पूरा भएको बताएका छन् । चुनावी तयारी र गतिविधिबारे बुझ्न मंगलबार चौतारा आएका उनले पत्रकारसँग भने, ‘पहिलो चरणको चुनावी तयारी पूरा भयो । मतदानस्थल र केन्द्र केन्द्रीत गतिविधि अघि बढाएका छौं।’ यादवले पहिलो चरणका लागि मतपत्र छपाइसमेत सम्पन्न भएको छ। 

उनका अनुसार केही दिनभित्र ती मतपत्र जिल्लामा पठाउन सुरु गरिनेछ । चुनावमा ६१ प्रकारका सामग्री प्रयोग हुने जानकारी दिँदै प्रमुख निर्वाचन आयुक्त यादवले सबै सामग्रीको व्यवस्थापन भइसकेको बताए। 

मतपत्रसम्बन्धी सर्वोच्च अदालतको आदेशले मतपत्रलगायत सामग्री छपाइमा विलम्ब हुँदा मतदाता शिक्षा कार्यक्रम सञ्चालनमा ढिलाइ भएको उनले स्वीकारे । केही दिनभित्र मतदाता शिक्षा कार्यकर्ता गाउँगाउँ खटिने जानकारी दिँदै उनले भने, ‘दुई साताजति समय मात्र मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने अवस्था छ । यसलाई तीव्र बनाउन आयोग कस्एिको हुँदा सबै मतदाताले शिक्षा पाउने समय अझै छ।’

मतदान केन्द्रमा शान्तिसुरक्षाको पूर्ण प्रत्याभूति दिलाउने बाचा गर्दै उनले ढुक्क भएर भोट खसाल्न उपस्थित हुन यादवले आग्रहसमेत गरे । ‘सुरक्षामा कुनै कमजोरी हुन दिइने छैन,’ उनले भने । तीनवटा मतपत्र र तीनवटै मटपेटिकामा मत खसाल्नुपर्ने भएकाले मतदान प्रक्रिया केही सुस्त हुने उनको आशंका छ । ‘विगतको चुनाव हेर्दा यस पटक पनि ७५ देखि ८० प्रतिशत मत खस्छ,’ उनले भने। 

प्रकाशित: २२ कार्तिक २०७४ ०४:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App