६ वैशाख २०८१ बिहीबार
समाज

डेंगुको प्रकोप देखिएपछि रौतहटवासी त्रसित

रौतहट – रौतहटको उत्तरी क्षेत्रमा संक्रामक रोग डेंगुको प्रकोप देखिएपछि स्थानीय त्रसित देखिएका छन् । रौतहटको चन्द्रपुर नगरपालिकाको वाड नम्बर १ र ४ मा रहेका बागमती तथा पौराईमा अहिलेसम्म २५ जनामा डेंगुको संक्रमण देखिएपछि स्थानीयबासी त्रसित बनेका हुन् । झन् एकपछि अर्कोमा डेंगुको संक्रमण देखिन थालेपछि आसपासको गाउँमा पनि त्रास फैलिएको छ। 

रौतहटको चन्द्रपुर नगरपालिका १ पौराई, बाग्मती, डेगुको उच्च जोखिममा पर्ने खतरा रहेको छ । यसक्षेत्रमा २५ जना भन्दा बढी डेंगु रोगका बिरामी भेटिएका छन् । डेंगु संक्रमणका बिमारीको संख्यामा बृद्धि हुदै गएको छ । नगरक्षेत्रमा रहेको फोहोरका कारण डेंगुका बिमारीको संख्या बढेको छ । भाइरल फिवरका रूपमा चिनिने डेगु रोग फैलदै जाँदा स्थानीयलाई चिन्ताले सताउन थालेको छ। 

सहरी लामखुुट्टेका रुपमा चिनिने एडिस एजिप्टाई जातको लामखुट्टेको टोकाईबाट डेंगु रोग लाग्ने गर्दछ । यसको नियन्त्रणका लागि सर्च एण्ड डिस्ट्रोइ, फगिन कार्यक्रम सञ्चालन गर्नु माग त्यस क्षेत्रका बासिन्दाहरुले गरेको छ । डेगु रोगको उपचार पछि चन्द्रपुर नगरपालिका वडा नं ४ का रविन साह, बद्री अर्याल घर पर्किएका छन । डेंगुले संक्रमणको रूप लिँदा पनि सम्बन्धित निकायको ध्यान यसतर्फ गम्भीर रूपमा जान नसक्दा स्थानीयबासीमा चिन्ता थपिएको लक्ष्मण न्यौपानेले बताएका छन्। 

डेंगुबाट संक्रमित भएका बिरामीको राजधानी तथा चितवनको भरतपुरमा उपचार भइरहेको छ । १ नम्बर वडामा मात्र २५ जना भन्दा बढीलाई डेंगुको संक्रमण भएको र केही मात्रै उपचार गराउदै गरेका र केही उपचार गराएर फर्किएको चन्द्रपुर नगरपालिका वडानं १ का वडा अध्यक्ष बिरु रखालले बताए। 

चन्द्रपुर नगरपालिका वडानं ४ का रविन साहलाई डेंगुको लक्षण देखा परेपछि उनको वीरगंजमा उपचार भइरहेको छ । चन्द्रपुर ४ कै बद्री अर्याल डेंगुको उपचार गरेर घर फर्किएको बताइएको छ । वडानं १ पौराई, बागमती लगायतका क्षेत्रमा डेंगुको संक्रमण भएका बिमारी फेला पर्न थालेपछि स्थानीयले पटक पटक जिल्ला जनस्वास्थ्य कार्यालयमा खबर गरेको भए पनि कुनै चासो नलिएको नव निर्वाचित वडा अध्यक्ष रखालको गुनासो छ। 

वडामा एकै परिवारका तीनजनामा रोग देखा परेको छ । रामबाबु चौधरी उनको श्रीमती र छोरामा डेंगुको संक्रमण देखा परेपछि काठमाडौंमा उपचार गराएर घर फर्किएको उनले भने । मैया थापा र उनकी आमालाई समेत भाइरल ज्वरो आएको र उपचारका लागि काठमाडौं जाँदा डाक्टरले डेंगुको संक्रमण भएको बताएको रखालको दाबी छ । 
चन्द्रपुर नगरपालिकाको १ नम्बर वडाका हरेक घरमा एकदेखि चार जनासम्म भाइरल ज्वरोका बिमारी रहेका कारण उनीहरूमा समेत डेंगुको संक्रमण भएको स्थानीयको आशंका छ । डेंगुको महामारी फैलिने खतराबाट सिंगो गाउँनै त्रसित बनेको लक्ष्मण न्यौपानेले बताए।

चन्द्रनिगाहपुर अस्पतालका चिकित्सक सुवास चौधरीले लामखुटेको टोकाइबाट हुने डेंगुबाट बच्नका लागि लामखुटे बस्ने स्थानलाई सफा राख्नुपर्ने र फोहोरका कारण लामखुट्टे बढने र उसकै टोकाईबाट डेंगु हुने भएका कारण सचेत रहन आग्रह गरेका छन् । चन्द्रपुर नगरपालिकाको वडा नं ४ मा रहेका नालाको सफाइ नभएको र नगरका विभिन्न स्थानमा रहेका फोहोरका डंगुरका कारण लामखुट्टेको आतंक बढेको स्थानीय बताउँछन् । 

प्रकाशित: २२ कार्तिक २०७४ ०४:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App