काठमाडौं– सेन्चुरी र आइसिएफसी फाइनान्सले सेन्चुरी बैंक कर्पोरेट सुपर सिक्स क्रिकेटको उद्घाटनका दिन दोहोरो जित हासिल गरेका छन् ।
समूह ‘सी’ मा रहेको आइसिएफसीले नेपाल टेलिकमलाई २३ रनले हरायो । अर्को खेलमा आइसिएफसीले आइएमई गु्रपलाई ६१ रनले पराजित गर्यो।
कीर्तिपुरस्थित त्रिवि मैदानमा ५ ओभरको खेलमा सुरुआतमा ब्याटिङ गरेको आइसिएफसीले १ विकेटको नोक्सानीमा ८१ रन बनाएको थियो । अविजित रहँदै आइसिएफसीका अरबिन्द रानाले ३४ रन र रिमेश रेग्मीले ३३ रन बनाए।
जबाफमा नेपाल टेलिकमले २ विकेटको नोक्सानीमा ५९ रन मात्र बनाउन सक्यो । टेलिकमका हरिकृष्ण शर्माले २७ र प्रवीण नेपालीले २४ रन बनाए।
अर्को खेलमा अरबिन्दले अविजित ३६ र रिमेशले ३१ रन बनाएपछि आइसिएफसीले विनाविकेटको नोक्सानीमा ८९ रन जोडेको थियो।
जबाफमा आइएमईले ३ ओभरमा ४ विकेट गुमाउँदै २८ रन बनायो । आइसिएफसीका समीर पाण्डेले २ विकेट र रिमेशले १ विकेट लिए।
मंगलबार प्रतियोगिताको प्रायोजक सेन्चुरी बैंकले अन्नपूर्ण मिडिया गु्रपलाई ६५ रनले पराजित ग¥यो । सुरुआतमा ब्याटिङ गरेको सेन्चुरीले विनाविकेटको नोक्सानीमा १ सय १० रन बनाएको थियो । सेन्चुरीका सुरज तिमिल्सनाले ३२ र दिवस डंगोलले ३१ रन बनाए ।
जबाफमा अन्नपूर्णले ५ ओभर पूरै खेलेर ३ विकेटको नोक्सानीमा ४५ रन जोड्यो ।
अन्नपूर्णका विवेक श्रेष्ठले १५ र दिवसले ज्ञवालीले ११ रन जोडे । सेन्चुरीका सुरजले २ र राजु श्रेष्ठले १ विकेट लिए । अर्को खेलमा सेन्चुरीले माछापुच्छ्रे बैंकलाई ५ विकेटले हराएको थियो।
यसैगरी अन्य खेलमा सुनबी डिजाइनले जनता बैंकलाई ६ विकेटले पराजित गर्यो ।
कैलाश विकास बैकले कर्मचारी सञ्चय कोषलाई २ रनले हरायो । अन्य खेलमा नबिल बैंकले ओम डेभलपमेन्ट बैंकलाई ८० रनले पराजित गर्यो ।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
हिमालय एयरलाइन्सले मलेसियाको राजधानी क्वालालम्पुरमा पुनः सीधा उडान सुरु गरेको छ । ...
सीता एयरले प्रदेश १ का धार्मिक स्थलहरू हलेसी र पाथीभरालाई लक्षित गरी उडान सुरु गर्ने तयारी गरेको छ । ...
हिलटेक प्लास्टिक एन्ड पाइप प्रालि नेपाल म्यानुफ्याक्चरिङ लिडर अवार्ड २०१९ बाट सम्मानित भएको छ । ...
नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी, सुबिसु केबल नेट प्रा. लि.ले पोखरा प्रिमियर लिगको दोस्रो...
सीजी मोटोकर्पको डल्लुस्थित सुजुकी ‘स्टेट–अफ–आर्ट’ सर्भिस सेन्टरमा सुजुकी ब्रान्डका कारधनीहरुका लागि आकर्षक अफरहरु सहित ६ दिने निःशुल्क सर्भिस क्याम्प सुरु...
हुलास स्टिल इन्डस्ट्रिजले नेपाली निर्माण बजारमा उपयोगी प्रविधिमा आधारित उत्पादन ‘हुलास डेक’ सार्वजनिक गरेको छ । ...
सिद्धार्थ बैंकले साना तथा मझौला व्यवसायलाई लक्षित गर्दै आकर्षक ब्याजदरमा पचहत्तर लाख रुपैया सम्मको कर्जा सुविधा सहज रूपमा प्रदान गर्ने...
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले पदयात्रा व्यवसायलाई मर्यादित तथा सुरक्षित बनाउन र पदयात्रामा गएका पर्यटकको तथ्यांक राख्न पदयात्रा...
यसमा तपाईको मत