७ वैशाख २०८१ शुक्रबार
खेल

गल्फमा शिवरामको अग्रता

काठमाडौं– शिवराम श्रेष्ठले मंगलबार गोकर्ण गल्फ क्लबमा ९ अन्डर ६३ को असाधारण प्रदर्शन गर्दै सूर्य नेपाल सेन्ट्रल ओपनमा १५ अन्डर १ सय २९ स्कोरका साथ अग्रता लिएका छन्।

मंगलबार दोस्रो दिन ५ अन्डर ६७ स्कोर गरेका सूर्यप्रसाद शर्मा शिवरामभन्दा ७ स्ट्रोकले पछि रहँदै दोस्रो स्थानमा छन्। जयराम श्रेष्ठ र दीपक मगर इभनपार १ सय ४४ स्कोरसहित संयुक्त रूपमा तेस्रो स्थानमा छन् । जयरामले दोस्रो दिन २ अन्डर ७० तथा दीपकले १ ओभर ७३ स्कोर गरेका थिए ।

भुवन नगरकोटी १ ओभर १ सय ४५ स्कोरका साथ पाँचौं स्थानमा छन् । उनले मंगलबार १ अन्डर ७१ को कार्ड बनाएका थिए । यसै गरी रवि खड्का (१ ओभर ७३) २ ओभर १ सय ४६ स्कोरका साथ छैटौं स्थानमा रहँदा ३ अन्डर ६९ खेलेका सञ्जय लामा ४ ओभर १ सय ४८ स्कोरसहित सातौं स्थानमा छन् ।

धनबहादुर थापा (७२), भुवनकुमार रोक्का (७३), भूबहादुर गुरुङ (७३) र रामे मगर (७७) समान ५ ओभर १ सय ४९ स्कोरका साथ संयुक्त रूपमा आठौं स्थानमा छन् ।

दुई दिनमा ३६ होलको खेल सकिएपछि आगामी दुई दिनका लागि खेलाडी छनोट (कट) गरिँदा यलम्बरसिंह अधिकारी, प्रदीपकुमार लामा, पशुपति शर्मा, बलभद्र राई, किसान कालिराज सुनार, दीपक आचार्य, विकास अधिकारी, दीपेन्द्र रायामाझी, राजेन्द्र श्रेष्ठ प्रधान र कमल तामाङले सफलता हासिल गरे ।

एमेच्योरतर्फ फुन्सोक एन लामा (७६) र सुनिल केसी (७९) समान ९ ओभर १ सय ५३ स्कोरका साथ संयुक्त रूपमा अग्रस्थानमा रहँदा सुवास घिसिङ १५ ओभर १ सय ५९ स्कोरसहित तेस्रो स्थानमा छन् । सुवासले मंगलबार ४ ओभर ७६ खेलेका थिए ।

३२ व्यावसायिक र १० एमेच्योर खेलाडीको सहभागिता रहेको प्रतियोगितामा अन्तिम दुई दिनका लागि गरिएको कटमा २१ व्यावसायिक र ६ एमेच्योर खेलाडी सफल भए । कुल ६ लाख ३० हजार रुपैयाँ पुरस्कार राशिको प्रतियोगितामा विजेताले १ लाख १५ हजार रुपैयाँ पाउनेछ । यसै गरी उपविजेताले ७४ हजार र तेस्रो हुनेले ५३ हजार रुपैयाँ पाउनेछन्। कटमा सफलता हासिल गर्ने सबै २१ व्यावसायिक गल्फर नगद पुरस्कारको भागीदार बन्नेछन् ।

प्रकाशित: २१ कार्तिक २०७४ १४:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App