८ वैशाख २०८१ शनिबार
अर्थ

प्रभु इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन गर्ने

 काठमाडौं- प्रभु इन्स्योरेन्स लिमिटेडको २२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। साधारण सभाले गत आर्थिक वर्षको आर्थिक प्रतिवेदन पारित गर्नुको साथै सञ्चालक समितिले प्रस्ताव गरे अनुसार कम्पनीका सेयरधनीहरुलाई चुक्ता पुंजीको १९.२० प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको छ।

कम्पनीको पूंजी बृद्धिको लागि बोनस शेयर बितरण पश्चात कायम हुने चुक्ता पूँजीको ४६ प्रतिशत (१०.४.६) हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव समेत पारित गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा खुद मुनाफा १६ करोड ४७ लाख ५५ हजार रुपैयाँ आर्जन गरेको थियो । बोनस तथा हकप्रद शेयर वितरण पश्चात कम्पनीको चुक्ता पुँजी  १ अर्व ५० लाख ७६ हजार हुनेछ।

कम्पनीले आर्थिक वर्ष ०७३र/०७४ मा रु. ८३ करोड १७ लाख ९३ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो । साथै चालु आर्थिक वर्षको प्रथम त्रैमासिक सम्ममा २५ करोड ३५ लाख २ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ४ दशमलब ६५ प्रतिशतले बृद्धि भएको छ।

 

प्रकाशित: २१ कार्तिक २०७४ १३:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App