coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सूर्यविनायकमा बसबाट खसेर खलासीको मृत्यु

भक्तपुर—अरनिको राजमार्ग सडकखण्डअन्तर्गत सूर्यविनायक नगरपालिका चुनदेवीमा आज बसबाट खसेका सहचालकको मृत्यु भएको छ।

काठमाडौंबाट सिन्धुपाल्चोकतर्फ जाँदै गरेको बा.२ ख. ४०९८ नम्बरको बसबाट सोही बसमा काम गर्ने सहचालक सिन्धुपाल्चोक सांगाचोक ११ का अनिल गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

गुडिरहेको बसबाट खसेर गम्भीर घाइते भएको गिरीको काठमाडौँ मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

 

प्रकाशित: २१ कार्तिक २०७४ १२:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App