coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

चुनाव प्रचारका लागि मनाङका उम्मेदवार काठमाडौंमा

मनाङ—मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उठेका मनाङका उम्मेदवार प्रचारप्रसारका लागि काठमाडौं पुगेका छन्। मनाङका लगभग ५० प्रतिशतभन्दा बढी मतदाता काठमाडौंमै बसोबास गर्ने भएकाले दुई ठूला दल नेपाली काँग्रेस र नेकपा (एमाले)का उम्मेदवार काठमाडौंमै प्रचार गर्न गएका हुन्।

काठमाडौँमा बसोबास गर्ने मनाङीको मतदाता नामावली मनाङमै भएको हुनाले उम्मेदवार उम्मेदवारी मनोनयनपछि काठमाडौं गएका हुन्। विशेष गरेर माथिल्लो मनाङ र नार फुका मानिस व्यापार व्यवसायका लागि मनाङ छाडी काठमाडौं बसोबास गर्दै आएका छन्।

काठमाडौंबासी मतदान गर्न मनाङ आउने भएका कारण उम्मेदवार मतदाता खोज्दै काठमाडौं पुगेका हुन्। मनाङमा उच्च प्रतिस्पर्धामा रहेका दुई ठूला दल काँगे्रस र एमालेका उम्मेदवार मतदाताको घरदैलोमा मत मागिरहेका छन्।

काँग्रेसका प्रतिनिधि सभा सदस्यका उम्मेदवार टेकबहादुर गुरुङ, प्रदेश ‘क’ का चिन्तबहादुर घले र प्रदेश ‘ख’ का कर्म गुरुङलगायतका प्रचार टोली अहिले काठमाडौँैमा प्रचारप्रसारमा खटिरहेको नेका जिल्ला सचिव सुरेन्द्र गुरुङले बताए।

त्यस्तै, एमालेका प्रतिनिधि सभा सदस्यका उम्मेदवार पाल्तेन छोपाङ गुरुङ, प्रदेश ‘क’ का धोर्जे ढिन्दुल गुरुङलगायतका प्रचारप्रसार टोली भने प्रचारप्रसार सकी मनाङ फर्किएको एमाले पार्टी स्रोतले जनाएको छ।

मनाङका आधाभन्दा बढी मतदाता काठमाडौंमा बसोबास गर्ने भएकाले उम्मेदवार मतदाताको मन जित्न काठमाडौँ गएका हुन्।

प्रकाशित: २१ कार्तिक २०७४ १०:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App