८ वैशाख २०८१ शनिबार
अर्थ

अनिल शाह सेञ्चुरी बैंकको सिइओ नियुक्त

अनिल केशरी शाह

काठमाडौं— सेञ्चुरी कमर्सियल बैंक सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा अनिल केशरी शाहलाई नियुक्त गर्ने निर्णय गरेको छ। सञ्चालक समिति  बैठकले शाहलाई १ जनवरी २०१८ देखि चार वर्षका लागि नियुक्त गरेको हो।

स्टान्डर्ड चार्टड बैंक नेपालबाट बैंकिङ्ग सेवा प्रारम्भ गरेका शाहसँग सो बैंकमा १३ वर्ष एवं नबिल बैंकमा सिइअाेको रुपमा ५ वर्ष काम गरेको अनुभव छ। मेगा बैंक नेपालको स्थापना कालदेखि सिइअाे रहेका उनी दुई कार्यकाल (८ वर्ष) पूरा गरी सेञ्चुरी बैंक जान लागेका हुन्। राष्ट्र बैंकको नियमअनुसार सिइअाेले एउटै बैंकमा दुई कार्यकालभन्दा बढी काम गर्न पाउँदैनन्।

भारतको दिल्ली विश्व विद्यालयबाट एमबिए गरेका शाहले विश्व प्रसिद्ध अमेरिकाको हाभर्ड विश्व विद्यालयबाट ‘२१ औं शताब्दीका लागि नेतृत्व’ विषयको अध्ययन पूरा गरेका छन्।

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ५ वटा क्षेत्रीय बैंकहरुलाई एकीकृत तथा हकप्रद शेयर जारी गरी नेपाल राष्ट्र बैंकको निर्देशन वमोजिम ८ अर्ब पूँजी पुर्‍याउन लागेको अवस्थामा सिइअाे शाह सो बैंक जाने तय भएको हो। बैंकले एक सयभन्दा बढी शाखा कार्यलयबाट बैंकिङ्ग सेवा विस्तार गर्ने तयारी गरिरहेको छ। यो अवस्थामा शाहको अनुभव तथा नेतृत्वमा सेञ्चुरी बैंकले नेपालको बैंकिङ्ग जगतमा विष्टिकृत पहिचान बनाउदै अघि बढ्ने विश्वास बैंक सञ्चालक समितिले लिएको जनाइएको छ।

प्रकाशित: २१ कार्तिक २०७४ ०८:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App