१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

एम्बुलेन्स दुर्घटनामा चालकको निधन

नुवाकोट—तादी गाउँपालिका–४ सुन्दरादेवीको बाह्रबीसेमा गए राति एम्बुलेन्स दुर्घटना हुँदा मकवानपुर मनहरि घर भएका चालक सन्दीप भारतीको मृत्यु भएको छ।

समुद्रटारबाट काठमाडाँै जान लागेको कान्तिपुर डेण्टल जनरल हस्पिटल काठमाडौँको बा १६ च ८९७ नं. को एम्बुलेन्स दुर्घटना हुँदा मनहरि ज्यामिरेका एम्बुलेन्स चालक २४ वर्षीय भारतीको घटनास्थलमा नै मृत्यु भएको नुवाकोट प्रहरीले जनाएको छ ।

एम्बुलेन्स दुर्घटना भएर सडकबाट करीब ५० मि तल पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधुकरजंग विष्टले जानकारी दिए। दुर्घटनामा ज्यामिरेका राजकुमार अधिकारी र अरुणप्रसाद अधिकारी सामान्य घाइते भएका छन्।

उनीहरुको टाउकोलगायत अन्य ठाउँमा चोट लागेको छ। एम्बुलेन्स दुर्घटना भएलगत्तै स्थानीयवासी र प्रहरी उद्धारका लागि घटनास्थल पुगे पनि उनीहरु सम्पर्कविहीन भएको र आज बिहान ९ बजे प्रहरी चौकी समुद्रटारको सम्पर्कमा आएको प्रहरीले जनाएको छ। कान्तिपुर डेण्टलमार्फत सञ्चालनमा रहेको एम्बुलेन्स समुद्रटारलगायत स्थानमा अस्पतालको सेवा प्रचार गर्न आएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

प्रकाशित: २१ कार्तिक २०७४ ०८:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App