coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नेपालका कम्युनिस्ट स्थायित्व र समृद्धिका बाधकः पाैडेल

काठमाडौं– नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले नेपालका कम्युनिस्ट पार्टीहरु मुलुकको आर्थिक विकास र संबृद्धि बाधक रहेको आरोप लगाएका छन्। नेकपा एमाले र नेकपा माओवादी केन्द्रले संविधान सभाबाट जारी भएको संविधानको मौलिकतामाथि प्रश्न उठाएर साम्यवाद लाद्न लागिपरेको पौडेलको आरोप लगाएका हुन्।

राजनीतिक स्थायित्वले मात्र आर्थिक समृद्धि र विकासको ढोका खोल्ने बताउँदै पौडेलले मंगलबार नागरिकसँग भने, ‘२००७साल देखि ०७४सालसम्म आइपुग्दा कम्युनिस्टहरु समाधान भन्दा समस्याकारुपमा मात्र खडा भए । राजनीतिक स्थायित्व र आर्थिक विकासका लागि उनीहरु सहयोगी होइन बाधक बने।’

२००७ सालको परिर्वतन देखि नै कम्युनिष्टहरुकै कारण राजनीतिक व्यवस्थाको टुंगो लाग्न सात दशक लागेको पनि उनले दाबी गरे। २००७सालमा प्रजातन्त्र आयो राजासँग मिलेर त्यसलाई संस्थागत हुन दिइएन । ०३६ सालमा जनमत संग्रहमा निलो वा पहेंलो जसले जितेपनि पेट भाेकै भनेर बहुदललाई हराउने काम भयो। २०४६सालमा फेरि प्रजातन्त्र पुर्नस्थापना गरीयो जनयुद्धका नाममा देशलाई ध्वंस गर्ने काम उनीहरुबाटै भएको पौडेलले आरोप लगाए।

राजा र माओवादीको बन्दुकबाट देशलाई मुक्त गर्दै मुलुकमा राजनीतिक व्यवस्थाको टुंगो लागेपनि त्यसलाई संथागत हुन नदिने प्रपञ्च सुरु भएको उनले तर्क गरे ।

‘संविधान जारी गर्दाका सहयात्री दल नै संविधानको मौलिकता परिवर्तन गरी अधिनायकवादतर्फ उन्मुख हुँदैछन्,’ पौडेलले भने, ‘प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको कुरा गरेर उनीहरु साम्यवाद र निरङ्कुशताको बाटो खन्न लागि परेका छन् ।’

 

प्रकाशित: २१ कार्तिक २०७४ ०६:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App