७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति ट्रम्प दक्षिण कोरियामा

साेल (काेरिया) - एसिया भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आज दक्षिण कोरिया पुगेका छन्। राष्ट्रपति ट्रम्प दक्षिण कोरियामा एक दिनमात्र बस्ने कार्यतालिका भएकोले यो अवधिमा ट्रम्पले दक्षिण कोरियाका राष्ट्रपति मुन जे-इनसँग व्यापार र उत्तर कोरियाको परमाणु कार्यक्रमका बारेमा छलफल गर्ने कार्यतालिका रहेको छ ।

ट्रम्पले दक्षिण कोरियामा रहदा त्यहाँ रहेका अमेरिकी फौज, र त्यहाँका स्थानीय राजनितिक दलका नेताहरुसँग पनि भेट्ने कार्यक्रम छ । एसियाको पाँच राष्ट्रको भ्रमणमा निस्किएका ट्रम्प यसअघि जापान पुगेका थिए। राष्ट्रपति ट्रम्पले अब चीन, भियतनाम, र फिलिपिन्सको भ्रमण गर्नेछन्।

प्रकाशित: २१ कार्तिक २०७४ ०६:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App